ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

मुहान संरक्षण गरे खानेपानी वितरणमा सहज  हुने 

३१ बैशाख २०८०, आइतबार
३१ बैशाख २०८०, आइतबार
दाङ, ३१ वैशाख ।
खानेपानीको मुहान संरक्षण गरेमा वितरणमा सहज हुने औंल्याइएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले खानेपानी वितरणका लागि मुहान संरक्षण अनिवार्य रहेको बताए ।
हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पन्ध्रौ साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख खड्काले पछिल्लो समयमा खानेपानीका मुहान सुक्दै गएकाले दीर्घकालीनरुपमा समस्या समाधानका लागि मुहानहरु थप्ने र संरक्षण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए । उनले खानेपानी जस्तो संवेदनशील र आधारभूत क्षेत्रलाई संघ र प्रदेश सरकारकै मातहतमा राख्दा स्थानीय सरकारले नियमनबाहेक अन्य भौतिक संरचना निर्माणको क्षेत्रमा काम गर्न नसकेको बताए ।
उनले मुहान संरक्षण गर्दै संस्थाको तयार भएको विस्तृत विवरण प्रतिवेदन(डिपिआर) कार्यान्वयनका लागि संघ र प्रदेश सरकारसमक्ष माग गर्ने बताए । पानी विनाको जीवन कल्पना पनि गर्न नसकिने भएका कारण सबै नागरिकले पानी संरक्षणलाई आफ्नो दायित्व सम्झनुपर्ने उनले बताए ।
वडा नम्बर –४ का वडाध्यक्ष तुलसी थापामगरले संरक्षण गर्ने र सदुपयोग गर्ने दायित्व सबैको रहेको बताए । कार्यक्रममा कार्यसमिति अध्यक्ष दोलख खत्रीले धारा विस्तार गर्दै लगेको, प्रत्येक धारामा मिटर जडान गरिएको र सहुलियत दरमा खानेपानी वितरण गरिएको बताए । समितिमार्फत पाँच सय धारा वितरण गरिएको छ ।
नयाँ कार्य समिति चयन
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्ष र सचिव पद बाहेक अन्य पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । समितिको शनिबार वनहरिमा सम्पन्न भएको पन्ध्रौँ साधारणसभाले अध्यक्ष र सचिव बाहेक अन्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ । निर्वाचन समितिका संयोजक फनेन्द्र भट्टराईले दिएको जानकारी अनुसार अध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि अध्यक्ष पदमा ४ जना र सचिव पदमा २ जनाले उम्मेद्वारी दिएका छन् । जसमा अध्यक्षमा रगविर घर्ती, प्रभात थापा, प्रविन देवकोटा र प्रकाश आचार्यको उम्मेद्वारी परेको छ ।
अध्यक्ष पदमा उम्मेद्वारी दिएका आचार्य निवर्तमान उपाध्यक्ष हुन् भने थापा निवर्तमान सचिव हुन् । यस्तै सचिवमा चन्दबहादुर केसी र ओमकान्त रिजालको उमेदवारी परेको छ । तर उनीहरुबीच सहमतिको प्रयास भैरहेको छ । दुई पदमा सहमति हुन बाँकी भएपनि उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मत चयन गरिएको छ । जसमा समितिको उपाध्यक्षमा यमलाल पार्धे र कोषाध्यक्षमा शोभा खनाल निर्विरोध निर्बाचित भएको भट्टराईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?