ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

राप्ती उपत्यकालाई व्यवस्थित र जोखिममुक्त राजधानी निर्माणको सम्झौता

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

बुटवल, २९ वैशाख ।

लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकालाई व्यवस्थित नयाँ सहर र जोखिम मुक्त प्रदेश राजधानी निर्माण गर्ने उद्देश्यले टुमारो सिटि संस्था र प्रदेश पूर्वाधार विकास प्राधिकरणबीच लिखित सम्झौता भएको छ ।

राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती गाउँपालिका, गढवा गाउँपालिका, अर्घाखाँचीको सितगंगा नगरपालिका पर्दछन् । अनुसन्धान टोलीको तर्फबाट परियोजनाका प्रतिनिधि विदेशी प्रोफेसर जोन म्याक्लोस्की र पालिका तथा नगरपालिकाको तर्फबाट राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यम नारायण पोख्रेल र सितगंगा नगरपालिकाका नगर प्रमुख छविराज पौडेल र प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् । सम्झौता गरे लगत्तै उक्त क्षेत्रमा अवस्था पहिचान अध्ययन कार्य सुरु भएको छ । अब ६ महिनाको अध्ययन पश्चात प्रतिवेदन तयार पारी निर्माण कार्य पनि सुरु हुने प्राधिकरणका प्रमुख पोख्रेलले बताए ।

उक्त अनुसन्धान कार्यक्रमलाई सम्बोधन गर्दै सोही क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजीत थारुले प्रदेश राजधानी निर्माण गर्न अहिलेको पुस्ता जिम्मेवार भएर लाग्नु पर्ने बताए । “भविष्यको पुस्ताको लागि अहिले निर्माण भएको पूर्वाधार धरापमा परिणत नहोस् यो हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो”–उनले भने ।

राप्ती उपत्यकालाई व्यवस्थित रुपले विकास गर्ने क्रममा भविष्यमा आई पर्न सक्ने प्रकोपहरु र विपदबाट सुरक्षित हुने गरी विकास गर्न शहरीकरण भईरहेको क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने, शहरको बहुजोखिम परिदृश्यहरुको वैज्ञानिक ढङ्गले अध्ययन, विश्लेषण गरेर त्यस बमोजिम योजना तय गर्ने तथा शहरमा आर्थिक रुपमा विपन्न समुदायको जोखिम न्यूनीकरण गर्ने, सामाजिक सद्भाव कायम गर्ने, वातावरणमैत्री शहर निर्माण गर्ने र कृषिलाई वैज्ञानिकीकरण गर्ने र प्रविधिमैत्री शहर निर्माणका लागि यी विषयमा केन्द्रित रही सम्झौता गरिएको मन्त्री ईन्द्रजीत थारुले बताए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाका जनप्रतिनिधि, परियोजनाका विज्ञ सदस्यहरू, सरोकारवालाहरुको प्रतिनिधिमुलक उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?