ट्रेंडिंग:

>> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि

घोराही उपमहानगरपालिकामा बायो ग्याँसलाई फोहर अभाव

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

दाङ, २९ वैशाख ।

घोराही उपमहानगरपालिकालाई गल्ने फोहरको अभाव भएपछि पालिका भित्रका टोलबासीसँग छलफल सुरु गरेको छ । बायो ग्याँस उत्पादनमा गल्ने फोहर अभाव भएपछि दीगो रुपमा फोहोर व्यवस्थापन गर्न टोल विकास संस्थाका पदाधिकारीसँग सुझाव संकलन अभियान थालनी गरेको छ । सुन्दर सफा हरित वडा बनाउन टोल विकास संस्थाहरुका पदाधिकारीले फोहोर जथाभावी नफाल्ने योजना बनाउन सुझाव दिएका छन् ।

बाटो सफा सुग्घर बनाउन, सडक छेउँछाउँ फोहोर नहोस् भन्ने पालिकाको चाहनालाई पूरा गर्न साधन श्रोतले भ्याएसम्म आफ्नो घर वरपर, टोलको सफाईका बारेमा सबै जिम्मेवार बन्नुपर्नेमा टोल विकास संस्थाका पदाधिकारीले सुझाव दिएका छन् ।
घोराही १४ की सुशिला वलीले फोहर संकलनका लागि एउटा मात्रै गाडी टेलटोलमा आउने भएकाले नागरिकले गल्ने र नगल्ने फोहर एउटै गाडीमा राख्ने गर्दछन् । त्यसकारण गल्ने र नगल्ने फोहोर संकलनका लागि उपमहानगरले छुट्टाछुटै गाडी पठाइदिन अति नै आवश्यक रहेको वलीले बताइन् । बायो ग्याँस प्लान्टलाई दिगोरुपमा सञ्चालन र गल्ने फोहोरको उचित व्यवस्थापनका लागि अन्तत्र्रिmयालाई उपमहानगरले निरन्तरता दिएको छ ।

नगर उपप्रमुख हुमाकुमारी डिसीले गल्ने फोहोरलाई छुट्याएर राख्न सबैलाई आग्रह गरिन् । नगरले गल्ने फोहोरबाट वायो ग्याँस र मल उत्पादन थालेकाले यो अभियानलाई सफल पार्न पनि नगरबासीले गल्ने र नगल्ने फोहोरलाई छुट्टाछुट्टै राख्नुपर्ने र नगरलाई रुटिन बनाएर गाडीको व्यवस्था गर्ने बताइन् । गल्ने फोहरको कमी भएकाले सोचेजती ग्याँस उत्पादन हुन नसकेको उनले बताइन् ।

बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक भानसिं बुढाले नगरबासीहरुले नगरपालिकालाई कर तिरेका छौँ भन्ने मानसिकताका हटाउन आग्रह गरे । फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको वायो ग्याँस प्लान्टको प्रयोगमा ल्याउन, वातावरण स्वच्छ बनाउन र पालिकाको सुन्दरताका लागि फोहोर व्यवस्थापन प्राथमिकता रहनुपर्ने बताए ।

कुनै बेला घोराही बजारमा दैनिक ३० टन फोहोर संकलन हुने गरेकोमा अहिले घटेर १० टन मात्रै संकलन हुने गरेको भएपनि बजारका धेरै जसो ठाउँमा फोहोरले समस्या पैदा गरेको तर्फ ध्यानकर्षण गराउँदै वायो ग्यास प्लान्ट संचालनसँगै बजारको सुन्दरता कायम गर्दै सभ्य नागरिक बनाउने काममा नगरबासीलाई जुट्न अपिल गरे ।

सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले सरसफाईका क्षेत्रमा भईरहेका प्रयास र अबको रणनीतिका बारेमा जानकारी गराएका थिए । आगामी वर्षको बजेटमा सफा, सुन्दर र हरित नगर बनाउन नगरबासीबाट आएका सल्लाह, सुझावलाई नीतिमा समावेश गरेर अघि बढ्ने प्रयास भएको उनको भनाइ थियो । समृद्ध टोल बनाउन स्थानीय सरकारले धेरै अधिकार दिएको हुँदा कार्यविधि अध्ययन गरेर जिम्मेवारीपूर्वक काम गर्न पालिकाले सहयोग गर्ने जानकारी गराएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?