© २०२३
बुटवल १९ वैशाख ।
वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुका लागि एक दिने अपाङ्गता सवाल तथा नीतिगत कानुनी व्यवस्था सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्यालले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने नजर अझै पनि पूर्णरुपमा परिवर्तन हुन नसकेको बताईन् ।
उनले सरकारी कार्यालय र समाजिक क्षेत्रका भवनहरु प्नि बिस्तारै अपाङ्गमैत्री बन्दै गईरहेको र बन्न बाँकीहरु पनि अपाङ्गमैत्री नै बनाउनुपर्नेमा जोड दिईन् । अर्यालले नगरले जति सक्दो अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा सेवा दिन लागिपरेको भन्दै त्यसका लागि सबै वडाका अध्यक्षहरुको पनि सकारात्मक सहयोग आवश्यक रहेको बताईन् । अपाङ्गता महिला संघ रुपन्देही अध्यक्ष कल्पना ढकालले अपाङ्गता प्रकृति फरक फरक हुने भन्दै सबैलाई एकै ठाउँमा राख्न नमिल्ने बताईन् । उनले कतिपय स्थानमा आर्थिक अवस्था कमजोर भएकाहरु पनि सामान्य अपाङ्गता हुन सक्छन् । यस्ता समूहहरुलाई सरकारले दिने सुविधा दिन नसक्दा पनि समस्या सृजना भएको बताईन् । उनले यस्तो अवस्थामा स्थानीय सरकारका प्रमुखहरुको भूमिका महत्वपूर्ण रहने बताईन् ।
कार्यक्रममा बुटवल परिवार नियोजन सघंका विष्णु गुरुङ्गले वडाहरुमा चाहिने परिवार नियोजन सम्बन्धी जानकारी दिन आफुहरु तयार रहेको बताईन् । उनले पछिल्लो समयमा बुटवलमा परिवार नियोजनको जानकारी दिनेको संख्या पनि कम भएको भन्दै त्यसका लागि सहकार्य गर्न आफुहरुको संस्था तयार रहेको बताईन् । कार्यक्रम बुटवल उपमहानगरपालिकाको सहयोग र अपाङ्गता महिला संघ रुपन्देहीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सबै वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।