ट्रेंडिंग:

>> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल

बर्दघाट खानेपानी संस्थाले एकघर एक धाराको लक्ष्य भेटायो

२६ चैत्र २०७९, आईतवार
२६ चैत्र २०७९, आईतवार

बर्दघाट, २६ चैत ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले एकघर एकधारा घोषणा गरेको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभा एवं ९ औँ अधिवेशनको अवसर पारेर संस्थाले आयोजना क्षेत्रभित्रका ४ हजार ७० घरमा धारा जडान गर्दै हरेक घरमा धारा जोडिएको घोषणा गरेको हो । २०५५ सालमा ५० सामुदायिक धाराबाट खानेपानी वितरण सुरु गरेको सँस्थाले अहिले आयोजना क्षेत्र भित्रका ४ हजार ७० घरमा धारा वितरण गरी २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउँदै आएको छ ।

सँस्थाको २२ औँ साधारण सभा एवं एकघर एक धारा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट खानेपानी सँस्थाले नेपाल गुणस्तरको खानेपानी २४ सै घण्टा उपलब्ध गराउँदै आएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा समेत निरन्तरता रहने आशा ब्यक्त गरेका छन् ।

बर्दघाट नगरपालिका अन्तर्गत अन्य वडाहरुमा पनि खानेपानी आयोजना रहेको तर बर्दघाटले २४ सै घण्टा सेवा उपलब्ध गराएको बताउँदै अन्य आयोजनाले पनि शुलभ र सहज खानेपानी उपलब्ध गराउनु पर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका सँस्थापक नगर प्रमुख धिरज शर्माले बर्दघाट खानेपानी सँस्थाले वडा नम्बर ४ का सबैको घरमा खानेपानी पँहुच पु¥याइरहँदा सरसफाई क्षेत्रमा समेत उदाहरणीय काम गर्नुपर्ने बताए । उनले नगरले खानेपानी र सरसफाईलाई प्राथमिकतामा राखी योजनाहरु अघि बढाउनुपर्ने समेत बताए । ‘बर्दघाट खानेपानीको आयोजना क्षेत्रमा खानेपानीको समस्या छैन तर अन्य वडाहरुमा सहज हुन सकेको छैन, नगरले सबै वडाका नागरिकलाई सहज रुपमा पिउने पानी उपलब्ध गराउनु पर्छ’ शर्माले भने ।

कार्यक्रममा दामोदर जिसी, रविन्द्र विक्रम हमाल, गँगा पाण्डे, मिलन श्रेष्ठ, महेन्द्र सिँह ठकुरी, वृहस्पती अधिकारी, चुडामणी भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सँस्थाका अध्यक्ष धातानन्द बश्यालले वार्षिक प्रगति प्रतिवेदन, उपाध्यक्ष दिपक लम्सालले खानेपानी सुरक्षा योजना प्रतिवेदन, कोषाध्यक्ष थुमकला बसेलले आर्थिक प्रतिवेदन र लेखा सँयोजक गोपाल पाण्डेयले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनलाई बन्दसत्रले पारित समेत गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?