ट्रेंडिंग:

>> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा

आगलागीका घटना नियन्त्रणका लागि पूर्व तयारी गरिँदै

२४ चैत्र २०७९, शुक्रबार
२४ चैत्र २०७९, शुक्रबार

दाङ, २४ चैत ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गर्मी मौसम सुरु भएको हुँदा आगलागीका घटनाहरु हुने सम्भावनालाई मध्यनजर गर्दै जोखिमबाट बच्न, बचाउन तथा नियन्त्रणका लागि पूर्व तयारी स्वरुप पालिका स्तरमा विभिन्न गतिविधिहरु संचालन गर्ने निर्णय गरेको छ । विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतमा बिहीबार बसेको पालिका स्रोतको बैठकले पालिकाका सबै वडा क्षेत्रहरुमा आगलागी तथा वन डढेलोका घटना भएमा तत्कालै स्थानीय आपतकालीन कार्य संचालन केन्द्रहरुले जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा सूचना दिई नजिकका सुरक्षा निकायसंग समन्वय गरी नियन्त्रण गर्ने निर्णय गरेको छ ।

यसैगरी, विपद नियन्त्रण कार्य योजनाको आधारमा सबै स्थानीय तहहरुले आगलागीको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न भाषामा जनचेतनामुलक सन्देश तयार गरी प्रकाशन तथा प्रशारण गरी जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा जानकारी गराउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् । बैठकले पालिकामा रहेका दमकल, साथै अग्नि नियन्त्रणका सामग्रीहरु तयारी अवस्थामा राख्ने र उद्दारमा प्रयोग हुने सामग्रीहरुको अभिलेख अद्यावधिक गरी जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रमा पठाउने निर्णय गरेको बताइन् । बैठकमा जिल्लाका गढवा र दंगीशरण गाउँपालिकाबाहेक ८ वटै पालिकाका जनप्रतिनिधि, जिल्ला विपद व्यवस्थापन समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
गर्मी मौसम शुरुभएसँगै केही दिनयता जिल्लामा आगलागीको जोखिम बढेको छ । जिल्लाको देउखुरी क्षेत्रका सामुदायिक वन तथा सार्वजनिक स्थलमा आगलागीका घटना भइरहेका छन् ।

यसैबीच, जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले यो वर्षको हालसम्म ५८ वटा आगलागीका घटना भएको जनाएको छ । जसबाट सयौँ बिस्थापित भएका छन् । आगलागीमा परी जिल्लामा यो वर्ष कसैको पनि ज्यान नगएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका होमलाल न्यौपानेले बताए । जिल्लामा बैशाखदेखि चैत्रको आजसम्म विभिन्न प्रकृतिका विपदजन्य घटनाका कारण करीव १९ करोड ५० लाख ५८ हजार बराबरको क्षति भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?