Butwal Today

औषधी ब्यवसायी संघमा पदस्थापन

२४ चैत्र २०७९, शुक्रबार
अ+
अ-

बुटवल, २४ चैत ।

नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीको पद स्थापन गरिएको छ । विहिबार एक कार्यक्रमका बीच शाखाका अध्यक्ष सुरज भट्टराईले नवनिर्वाचित अध्यक्ष खड्ग प्रसाद बस्नेतलाई पद हस्तान्तरण गरे ।

यसैगरी महासचिव पुरुषोत्तम भट्टराईले नवनिर्वाचित महासचिव नारायण थापालाई माईन्युट हस्तान्तर गरे । अधिवेशनबाट खड्ग प्रसाद बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्षमा पुरुषोत्तम भट्टराई, महासचिव नारायण थापा, कोषाध्यक्ष माधव प्रसाद खनाल, सचिव कृष्ण प्रसाद शर्मा पोखरेल, उपकोषाध्यक्ष केदार नेपाल, सदस्य एकदेव बश्याल, कपिल ज्ञवाली, उमेश चन्द्र आचार्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले औषधि ब्यवसायीहरुको पेशामा आईपर्ने समस्या समाधानमा लाग्ने प्रतिवद्घता जनाए । कार्यक्रमको नेपाल औषधि ब्यवसायी संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उदघाटन गर्दै स्वच्छ प्रतिस्पर्धा गरी पेशा ब्यवसायमा लाग्न सुझाव दिए । संघका प्रदेश अध्यक्ष शिव ज्ञवालीले ब्यवसायीहरुको गौरव बचाउने र नया उचाईमा पुर्याउने नेतृत्वमा चुनौतीहरु आईपरेको भन्दै समय ब्यवस्थापन गर्न सुझाव दिए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राम प्रसाद खरेल, केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, वरिष्ठ सल्लाहकार रोहितराज क्षेत्री, सल्लाहकार बैकुण्ठ कोईराला, प्रदेश अध्यक्ष शिव ज्ञवाली, महासचिव लुकराज न्यौपाने, प्रदेश ईन्चार्ज विष्णु भट्टराई, कानुनी सल्लाहकार युवराज घिमिरे, निवर्तमान कोषाध्यक्ष कृष्ण प्रसाद भट्टराईले ब्यावसायिक हकहितसंँगै मर्यादित पेशा बनाउन विभिन्न तालिम र प्रशिक्षण गराएर क्षमता विकासमा समेत निरन्तर संस्थाले पहल गर्नुपर्ने सुझाव दिए ।