ट्रेंडिंग:

>> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल

कपिलवस्तु राष्ट्रिय मूर्ती कार्यशाला स-यो

२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

लुम्बिनी, २२ चैत ।

लुम्बिनी विकास कोषले विभिन्न संस्थाहरुको साझेदारीमा चैत २३ गतेबाट कपिलबस्तुको पर्यटकीय स्थल सगरहवामा गर्ने भनेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सरेको छ । सगरहवा पुरातात्विक महत्वको स्थल भएकाले हेरिटेज प्रभाव मूल्यांकन प्रतिवेदन नआई सकेका कारण कार्यशालाको मिति पछाडि सार्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

कार्यशालाका संयोजक कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदिप पौडेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराई, कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेती सहित मुर्तिकारहरुको टोलीले मंगलबार स्थलगत अवलोकन समेत गरेको थियो ।

अवलोकन पश्चात ढुंगा व्यवस्थापनको पूर्णता र बिद्युत व्यवस्थापन हुन बांकी रहेको, मुर्तिकारहरुले ढुंगाको थ्रिडी तस्वीर प्राप्त गरेपश्चात मात्र मूर्तीको म्याकेट पठाउनुपर्ने भएकाले प्राविधिक रुपमा पनि समय सार्नुपर्ने अवस्था आएको आयोजकहरुको भनाई छ । कार्यशालाको नयाँ कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

सगरहवाको एतिहासिक तथ्य सम्बन्धी मुर्तिकारहरुलाई प्रदान गरी अध्ययनका लागि चैत्र ३० सम्मको समय दिइएको छ । मूर्तिकार एंव विज्ञ समुह, बौद्ध धर्मगुरु, बिश्व बिद्यालयका सम्बन्धीत बिषयका प्रोफेसर सहितको भर्चुअल कार्यशाला २०८० वैशाख ४ गते गरिनेछ । भर्चुअल संवाद पछि बैशाख १० गते भित्र मूर्तिकारहरुसंग सगरहवाको बौद्धकालिन कथामा आधारित म्याकेट प्रदान गर्ने र वैशाख १२ देखि १५ गते भित्र म्याकेट फाइनल गरी छनौट भएको मुर्तिकारसंग सम्झौत गर्ने कार्यसुची तय गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।

म्याकेट तयार भएपछि मात्रै मात्रै मूर्तिकला कार्यशाला आरम्भ गर्ने मिति तय हुने जनाइएको छ । कार्यतालिकामा भएको हेरफेरले साझेदार र सहयोगी संस्थाहरुप्रति पर्न गएको असुविधा कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशालाका तर्फबाट निर्देशक समितिले क्षमा याचना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?