ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
प्रथम मिष्टर उजिरसिह रुपन्देही जिल्लास्तरीय बडिबिल्डिङ प्रतियोगिता २०७९

बुटवल जिमका सुनिललाई उपाधि

२८ फाल्गुन २०७९, आइतबार
२८ फाल्गुन २०७९, आइतबार

बुटवल, २८ फागुन ।

बुटवलमा सम्पन्न प्रथम मिष्टर उजिरसिह रुपन्देही जिल्लास्तरीय बडिबिल्डिङ प्रतियोगिता २०७९ को उपाधि बुटवल जिम एण्ड फिटनेशका सुनिल आलेले चुमेका छन् ।

लामो समयदेखि निरन्तर खेलमा लागेका उनी प्रतियोगिताको ६५ केजी वजन समुह बिजेता हँुदै फाईनलमा औभर अल च्याम्पियन बने । मिष्टर रुपन्देहीको उपाधिसंग उनले नगद ५० हजार रुपैयाँ, ट्रफि र व्यानेट सहित उपाधि समेत हात पारे । यसैगरी ५५ केजी तौल समूहतर्फ क्रमशः फिजिकल फिटनेसका आकाश गुरुङ प्रथम, फिटनेस टाइमका प्रविन पौडेल द्वितीय र रोयल आइरनका बलराम डुम्रे तृतीय भए ।

६० केजी वजन समूहमा फिटनेस हबका स्यामुल गुरुङ प्रथम बुटवल जिम एण्ड फिटनेसका भानुभक्त कठरिया दोश्रो पावर एण्ड मशल जिमका रमेश थापा तृतीय हुन सफल भए । त्यस्तै ६५ केजी तौल समूहमा बुटवल जिम एण्ड फिटनेसका सुनिल आले प्रथम, द ड्रिम फिटनेसका दोश्रो तथा कृष्ण जिमका चन्द्रबहादुर थापा तेस्रो भए । ७० केजीमा रोयल जिमका गौतम राना प्रथम, विलिङनेश जिम एक्सप्रेसका बिजय कार्की क्षेत्री दोश्रो तथा फिटनेस टाइमका आकाश जिशिले तेस्रो स्थानमा चित्त बुझाए । त्यसैगरी ७० केजी माथिको समुहमा रोयल जिमका कुशल प्रसाद गुरुङ प्रथम, फिटनेस टाइमका अमित डांगी दोश्रो तथा निवोध एरोविक्स एण्ड जिमका सुरेशबहादुर दमाई तृतीय भए ।

समूह चरणका खेलाडीलाई क्रमशः प्रथमलाई ३ हजार, दोश्रोलाई २ हजार, तेस्रोलाई नगद १ हजार सहित टिशर्ट प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । तौल समूहबाट विजेता बन्दै छनौट चरण पार गरेका पाच जना बिजेताहरु वीच अन्तिम स्पर्धा गराइएको थियो । प्रतियोगितामा बेष्ट पोजर उपाधि ५५ केजीका बिजेता समेत रहेका आकाश गुरुङले प्राप्त गर्न सफल भएका थिए ।

एक समारोहका बीच बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराई, आयोजक संस्थाका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश राजभण्डारी तथा बुटवल उपमहानगरपालिका बडा न ९ का अध्यक्ष प्रदिप श्रेष्ठ कार्यक्रममा नेपाल शारिरिक तथा फिटनेश महासंघका उपाध्यक्ष दिनेश राजभण्डारी, थाईलैण्डमा सम्पन्न १३ औ विश्व वडिविल्डिङ प्रतियोगितामा काश्य पदक विजेता प्रज्वल शाक्य, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, कार्यक्रममा निर्णायकहरु मुख्य निर्णायक प्रतापकाजी वरिया, निर्णायक स्टाटिशियन अनिललाल श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्णायक केशव बहादुर शाक्य, बुद्धि जंग कार्कि, राष्ट्रिय निर्णायक शिवध्वज राई देवान, राजकुमार श्रेष्ठ, सुरज श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रदेश खेलकुद विकास परिषद लुम्बिनी जयप्रकाश भट्टराईले खेलाडीहरुलाई देशको गहना नाममात्र नभई ब्यवहारमा उतार्ने गरि काम गर्न जरुरी रहेको बताए । कुलतमा लागेका युवालाई शारिरिक सुगठनमा आकर्षित सहि मार्ग निर्देशनमा लगाउने गरि योजना बनाउन सुझाव दिए । शारीरिक सुगठन खेल खेलाडीलाई खर्चिलो हुने भन्दै यसमा लागेका खेलाडीहरु लक्षित योजनाहरु बनाउने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लाको सामरिक महत्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवद्र्धनमा जोडने उद्देश्य प्रतियोगिताको रहेको बताए । खेलमा नव उदयीमान खेलाडीहरुको प्रवेश गराउँदै उनीहरु जिल्ला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नाम कमाउन सक्ने गरी रुपन्देहीबाट उत्पादन गर्न लागिएको श्रेष्ठले बताए ।

शारीरिक सुगठन खेल नेपालमा सहिद धर्मभक्त माथेमाले भित्र्याएका थिए । भारतमा शिक्षा दिएर नेपालमा शारीरिक सुगठन भित्राएका थिए । बैधानिक रुपमा २०३० सालमा मिष्टर काठमाडौ भएको ईतिहास रहेको छ । वि.सं.२०४२ सालमा नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । वि.सं २०५२ सालमा रुपन्देही जिल्ला गठन भएर निरन्तर युवा खेलाडी र खेलको विकासमा लागेको उनले बताए । बुटवल श्री प्रतियोगिताको १० औ संस्करणसम्म गराउन सफल भएको र खेल विकासमा अग्रसर भएको उनले बताए । संगितको तालमा शरीरको भागलाई प्रदर्शन गर्ने खेलका रुपमा पहिचान बनाएको उनले बताए । सन्तुलित भोजन, नियमित ब्यायामको प्रतिफल सुगठित शरीर बन्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?