Butwal Today

बिहानीद्वारा सहकारी प्रशिक्षण

२८ माघ २०७९, शनिबार
अ+
अ-

मनु गुरुङ (निरु)

बुटवल, २८ माघ ।

बिहानी बचत तथा ऋण सहकारी सस्थाले एकदिने सहकारी प्रशिक्षण कार्यक्रम गरेको छ । आफ्ना सदस्यहरुका लागि सहकारीले शनिबार प्रशिक्षण दिएको हो ।

बुटवल उपहानगर पालिका वडा नं. ८ धर्मपथ स्थित अमर भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा गुणाखर खनालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बिहानी बचत तथा ऋण सहकारीका अध्यक्ष लुम बहादुर सारुले सहजीकरण गर्दै आफ्ना टोल छरछिमेक आफन्त सबैलाई सहकारीको बारेमा आफुले जानेको कुराहरु बताउन आग्रह गरे ।

उनीहरुले स्थानीयबासीलाई सहकारी शिक्षा आवश्यक रहेको भन्दै सहकारीप्रतिको धारणा सकारात्मक बनाउन यस्ता प्रशिक्षण निरन्तर चलाउनुपर्ने बताए । कार्यक्रममा कुमारी बलाल, गोपालबहाुर चौहान, सल्लाहकार धनी आलेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।