© 2026
गत भाद्र १० गतेका दिन बिहान ८.२७ बजे चीनको तिब्बत क्षेत्रमा भूकम्प आएको आशंका गरियो । त्यसैको कम्पनले हिमताल फुट्न गएको भन्ने भनाई आरम्भमा आयो । हिमतालको पानी रसुवा जिल्लाको लाङटाङ हुँदै भोटेकोशीमा प्रवेश गरर अचानक महाविनाशकारी बाढी आयो । यो सबै अनुमान गरिएको कुरा रहेछ । त्यहाँ भूकम्प पनि आएको थिएन र हिमताल पनि फुटेको रहेनछ ।
वास्तविकता यो भन्दा फरक रहेछ । केही समय पछि तथ्य फेला परेको भन्ने भनाई अनुसार हिमपहिरो गएको र त्यो पहिरो पनि विशाल मात्रामा गएकाले त्यसको धक्काले त्यहाँ रहेको पानीको वहावमा मात्रा थपिन पुगर एक्कासी बाढी आएको भन्नेकुरा प्रमाणित हो भनियो । यो कुरा केही मात्रामा तथ्यगत हो जस्तो पनि लाग्यो । वर्तमान अवस्थामा प्रविधिको विकास भए यता विश्व एकै स्थानबाट नियाल्न सकिन्छ ।
यसै उपकरणको माध्यमबाट पत्ता लागेअनुसार हिम पहिरोको कारणले अचानक बाढी आएको अनुमान अरू भन्दा विश्वास लाग्दो रह्यो । बाढी एक्कासी आयो र विनाशकारी भयो । त्यहाँ वर्षा नभएकाले बाढी आउँदैछ भन्ने अनुमान हुन नसक्नु स्वभाविक हो । हिम पहिरोको पानी एक्कासी अति जोड (फोर्स) ले तलतिर प्रवेश गर्दा एकैपटक भोटेकोशी नदी आसपासदेखि लिएर त्रिशुली नदीमा प्रवेश गरर त्यस आसपासका क्षेत्रहरू करिव १२५ मिटर माथिसम्म पुगर त्यहाँ रहेका भवन, बाटा, पुल पुलेसा, विद्यालय, स्वास्थ्यचौकी, बैंक खेतबारी लगायतका संरचनाहरू धरैजसो बचेनन् । त्यसभित्र रहेका मानव र मानवका सम्पूर्ण सामग्रीहरू पनि सबै सखाप भए ।
अर्थात ठूलो मात्रामा जन र धनको नोक्सानी हुनपुग्यो । यो घटना हुनका लागि लामो समय लागेन । क्षणभरमै स्वाहा भयो । यहाँ नोक्सानी दुई किसिमबाट भएको पाइन्छ । पहिलो भनेको बाढीको पूर्वानुमान हुन सकेन किनभने त्यहाँ वर्षा भइरहेको थिएन । दोस्रो भनेको बाढी आउँदैछ भन्ने खवर सुनर पनि १२५ मिटर उचाइमा आउँछ भन्ने अनुमान नै हुनसकेन । यसकारणले नोक्सान भयो । बाढीको मात्रा अनुमान गरेको भए केही सामान निकालर त्यहाँका मानवहरू सुरक्षित स्थानमा जानसक्ने अवस्था रहन्थ्यो ।
दुबै सूचना तथा अनुमान नभएकाले ठूलो नोक्सानी मुलकले व्यहोर्नु परेको भन्ने तथ्य अहिले सार्वजनिक भएको छ । रसुवाबाट प्रवेश गरेको बाढीले रसुवाका साथै नुवाकोट हुँदै भोटेकोशी आसपास र त्रिसुलीमा प्रवेश गरेपछि त्रिसुली आसपासका जिल्लाहरूमा वितण्डा मच्चायो । यो बाढी धादिङ, चितवन हुँदै नवलपरासी पूर्व र पश्चिसम्मको भाग पार गरर भारतसम्म पुग्यो ।
त्यसदिनको विनाशकारी अझ हामीले महाविनासकारी बाढी भन्ने गर्छौ यसले चितवनको जुन भाग त्रिसुलीको आसपासमा पर्दछ त्यो क्षेत्रमा समेत नोक्सान पुगेको देखिन्छ । यो बाढीले विश्वकै लागि एउटा चुनौति थपेको छ । एउटा गजवको पाठ पढाएको छ । हामी कति पढन तयार हुन्छौं ? त्यो हाम्रो कुरा रह्यो । यो पाठ विश्वका सबै सबैले पढनु पर्ने पाठ हो ।
विना वर्षा बढी आएर नोक्सान हुनु भनेको विश्वलाई चुनौति दिएको हो । यो विनास एक्कासी आयो भनर हामीले भनिरहेका छौँ यो एक्कासी त होइन । निकै वर्ष पहिले देखिको प्रकृतिको तयारी थियो । हिमपहिरो एकै छिनमा जाँदैन । हिम पग्लिनका लागि निश्चित समय लाग्दछ । हो यो त्यो निश्चित समय पार गरर आएको हिमपहिरो हो अनि बाढी हो । यो हिम पहिरो खस्नुमा वा हिमाल टुक्रनु र खस्नुमा हामी दोषी छौँ । मानव कमजारीका कारणले विस्तारै हाम्रा हिमालहरू पग्लदै छन् ।
मानव मध्येमा पनि जसले वातावरण प्रदुषित गर्नमा ठूलो भूमिका खेलेको छ त्यसको कमजारीका कारणले यो पहिरो गएको हो । त्यसकारण त्यो मुलुक जसले आज एकातर्फ युद्ध थोपरी रहेको छ र अर्कोतर्फ अनावश्यक उद्योग सञ्चालन गरेका छन् तिनै मुलुक सबै भन्दा जिम्मोवार छन् । उनीहरूका कमजारीका कारणले हाम्रो हिमाल पग्लदै छ अनि हामीले विनाश भोग्दै छौँ ।
भाद्र दश गतेको विनाशकारी बाढीले आज हरेक नेपालीका मुटु घोचेको छ । छिया छिया पारेको छ । हामी यतिवेलासम्म पनि कति क्षति भयो अनुमान गर्न सकिरहेका छैनौ । पीडितहरूलाई आवश्यक राहत उपलब्ध गराउन सकिरहेका छैनौ । कसका बावु परे, कसकी आमा परिन कसका दाजुभाई तथा दिदी वहिनी परिन, अझै यकिन गर्न नसकर ति लाशहरूलाई वनको एक कुनोमा लगर विसर्जन गर्नुपरेको छ ।
वेपत्ताहरू अझै पुरै मात्रामा पत्तालाग्न सकेको अवस्था छैन । कति लाशहरू रसुवा, नुवाकोटका विभिन्न स्थानमा भेटिए भने कति लाशहरू बग्दै गएर चितवत, नवलपरासी पुर्व, नवलपरासी पश्चिम हुँदै सिमापार भारतसम्म पुगे । यो रोक्न सकिने अवस्था पनि थिएन । त्यसैले पुगे । यी लाशहरू बग्दै जानुमा सरकारको वा अन्य कसैको दोष छैन । छ त केवल हाम्रो वातावरण प्रदुषित गर्नेहरूको ।
यसको जिम्मेवार उनीहरू नै हुन् । हामीलाई सुरक्षित साथ बाँच्न नदिने भनेका उनीहरू नै हुन जसले आज युद्ध थोपरेका छन् र वायु प्रदूषणमा भूमिका खेलेका छन् । समयमा सही सूचना प्राप्त गर्नु पर्दथ्यो । यो चीनबाट उत्पत्ति भएको बाढी हो । चीनले हाम्रो भूमिमा के हुँदैछ भनर जानकारी राखेको हुँदो हो । त्यसबाट समयमा सूचना पाइयो कि पाइएन ? एउटा सवाल यो हो भने दोस्रो भनेको त्यो सूचना प्राप्त गर्नका लागि नेपाल सरकार चनाखो भयो कि भएन ? या सूचना पाएर पनि उच्च सतर्कता अपनाउन नसकेको हो भने नेपालीहरू झन् होसियार हुनु पर्दछ ।
दुबै राज्यका बीचमा सूचना आदान प्रदान हुनुपर्दछ । सूचना प्राप्त भएपछि त्यसलाई रोक्न नसके पनि नेपालबाट उच्च सतर्कता अपनाउन सकिन्थ्यो भन्ने कुरा नै मूल कुरा हो । हामीले अहिले दर्दनाक पीडा भोगिरहेका छौँ । यो पूरा हुन निकै वर्ष लाग्ने छ । आज हजार बढी जनको नोक्सान भएको छ । बेपत्ताको संख्यालाई नोक्सानीमा जोडेकाछैनौ किनकी उहाँहरू बेपत्ताको सूचिमा हुनुहुन्छ ।
वेपत्ता भनेको नोक्सानमा जोडने सूचना होइन अनुमान गर्नमात्र सकिन्छ । आज यतिधरै दिन वितीसक्दासम्म पनि उहाँहरूको सासको पत्ता नलागेपछि विभिन्न अड्कल गर्न सकिने अवस्था आएको भने अवश्य हो ।
यसले सिकाएको पाठ तत्काल विर्सने होइन । हिजो दश गतेका दिन भएको जन र धनको नोक्सानीको तथ्य गत विवरण ढिला भए पनि संकलन गरर राख्नु पर्दछ अनि आउँदा दिनहरूमा नेपालको पाठ्यक्रममा यसलाई समावेश गरर भोलिको पिंढीलाई यो जानकारी दिनु पर्दछ । अर्थात पढाउनु पर्दछ । आज हामीले भोगेको पीडा भोलीको पुस्तालाई दिनु ठीक त नहोला तर उनीहरूलाई जानकारी दिनु राम्रो कुराहो ।
यसले भोलीका सन्ततिले आजको पाठबाट केही सिकुन् र भोलीका दिनमा वातावरण संरक्षणमा होसियार बन्न सकुन । किनकी हाम्रा धरै हिमालहरू पग्लन बाँकी छन्, अनि हिमताल फुट्न बाँकी छन् । कसलाई के थाह भाद्र १० गतेको विनाशकारी बाढी भन्दा अझ ठूलो बाढी पनि त आउन सक्छन् । हाम्रो नेपालको उत्तरी खण्डमा हिमालहरू रहेकाछन् ।
तिनै हिमालबाट हाम्रा अधिकांश नदीहरू बगर आउने गर्दछन् । यसबाट दीर्घकालिन सोँचका लागि पनि पाठ्यपुस्तकमै कथा कविता, गीत वा सम्वादमार्फत पाठ्पुस्तकमा राखर हाम्रा बालबालिकाहरूलाई आजको घटना पढाउनु पर्दछ । यो विपत्तिको सामना आज गरर मात्र हुँदैन भोलीको पिढीलाई पनि सचेत बनाउनु छ । चेतना भया ।