© 2026
नवलपरासी ।
भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध मदिरा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी का अनुसार आइतबार बिहान ८:२० बजे जिल्ला नवलपरासीको पाल्हीनन्दन गाउँपालिका९१ महेशपुर स्थित भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल तर्फ युपि ३२ युटि ५६८९ नं. को कारमा राखी ल्याउँदै गरेको अवस्थामा कार सहित २ जनालाई इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ओल्ड मङ्क रम २७४ थान बरामद गरेको छ । बरामद मदिराको अन्दाजी मूल्य ५ लाख ४८ हजार रुपैयाँ रहेको छ भने मदिरा ओसारपसारमा प्रयोग भएको युपि ३२ युटि ५६८९ नम्बरको कारको मूल्य ३५ लाख रुपैयाँ कायम गरिएको छ ।
कार र मदिरा सहित जम्मा ४० लाख ४८ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको र भन्सार कार्यालय बुझाउने प्रयोजनार्थ ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।