© 2026
नेपालमा एक दशकदेखि जारी ‘हनी ट्रयापिङ’ का घटना अझै नियन्त्रणमा आउन सकेको छैन । सामाजिक सञ्जालको प्रयोग बढ्न थालेपछि नेपालमा यो समस्याले विकराल रूप लिँदै आएको छ । जसका कारण सयौँ घर परिवारको जीवन उजाडिएको छ ।
सामाजिक इज्जतमाथि ठुलो दाग लागेको अवस्था छ । तर, यसको दुरुपयोग रोकिने होइन, झनै बढेको अवस्था छ । नेपाल प्रहरीको साइबर ब्युरोले हनी ट्रपापिङको समस्या नियन्त्रणका लागि पहल पनि गरिरहेको छ तर नेपाली समाज धेरै माथि बढिसकेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर हुने ‘हनी ट्रयापिङ’ का घटनाले नेपाली समाज जबरजस्त रूपमा अपराधजन्य मानसिकतातर्फ अघि बढेको देखिएको छ । प्रहरी अनुसन्धानको भाषामा साइबर अपराधजन्य यस प्रकारका घटना यही रूपमा बढने हो भने नेपाली समाजमा नैतिकता र इमान्दारीता भन्ने शब्दावली नै नरहने अवस्था छ ।
छिटो पैसा कमाउने, पैसाकै लागि अरूको इज्जतमाथि धावा बोल्ने, बार्गेनिङ गर्ने वा आफूलाई मन नपरेको मानिसलाई जसरीपनि निध्याउन अरू मानिसलाई दुरुपयोग गर्ने क्रम अहिले हनी ट्रयापिङका माध्यमबाट विकसित भैरहेको देखिएको छ । खासगरी यो समस्या संघीय राजधानी काठमाण्डौंमा बढ्दै गएको छ । जसका कारण नेपाली समाजलाई यो समस्या चुनौतिको रूपमा देखापरेको छ ।
अझै चिन्ताको कुरा के छ भने यसमा महिलाहरू नै बढी जोडिनु र सहभागी हुनु अर्को दुःखको कुरा हो । इश्वरले गरिहान दुईहात खुट्टा दिएका छन तर अरूलाई जालमा फसाउने यो काईदा पटक्कै नेपालीलाई सुहाएको छैन ।
काठमाण्डौं, दाङ, धनगढी, झापा लगायतका क्षेत्रमा यो समस्या अझै बढि देखिएको प्रहरीको रिपोर्टले भन्छ । केही दिनअघि काठमाण्डौंमा हनी ट्रपापिङको घटनामा चारजना महिला पक्राउ परे । सामाजिक सञ्जालको प्रयोग गरेर पुरुषहरूलाई भेटन बोलाउने र अश्लील भिडियो खिच्ने र बार्गेनिङ गरेर पैसा माग्ने, नदिए सामाजिक रूपमा बेइज्जत गरिदिने जुन प्रवृत्ति देखिएको छ, त्यो एकदमै गलत छ ।
यस प्रकारका घटना देशैभरी बढिरहेका छन । कुरा के हो भने धेरै घटना दबाईन्छ भने केही घटनामात्रै प्रहरीकोमा पुग्ने गरेको छ । अपरिचित मानिसलाई साथी बनाउने, भेट गर्ने, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राखेर बेइज्जत गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्नेक्रम बढ्नु भनेको नेपाली समाज कता जाँदैछ ? यस प्रकारका प्रवृत्तिले नेपाली समाज अपराधजन्य मानसिकतातर्फ प्रेरित भैरहेको देखिन्छ, जुन गंभीर चिन्ताको विषय हो ।
अहिलेपनि हनी ट्रयापिङका घटना सुन्नमा आईरहेका छन् । मानिस स्वार्थी, भ्रष्ट, नैतिकताविहीन हुँदै गएको यी उदाहरणले स्पष्ट गरेका छन । यस प्रकारका घटनामा सामाजिक सञ्जालको दुरुपयोग भैरहेको छ । अपरिचित स्थान र नम्बरबाट आउने कल रिसिभ गर्दा सर्वाङ्ग नाङ्गै हुने र भिडियो रेकर्ड गरिहाल्ने प्रवृत्तिको अर्को पक्षलाई पत्तै हुँदैन । यसरी अनाहकमा धेरै मानिस फसेका छन् ।
साइबर अपराधजन्य घटनामा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिनु चिन्ताको कुरा हो । सम्बन्धित निकायले गरेको अध्ययन अनुसन्धान र ती निकायमा परेका उजुरीका संख्याका आधारमा हेर्ने हो भने बढ्दो साइबर अपराधलाई कसरी रोक्ने भन्ने समस्या जटिल बन्दै गएको देखिन्छ ।
नेट तथा इन्टरनेटको पहुँच सर्वसुलभ हुन थालेपछि यस्ता खाले अपराधमा बालबालिकादेखि वृद्धसम्म पनि संलग्न हुने र स्वार्थपूर्तिका लागि अनेकन उद्यम गर्ने गरिएको पाइनुले साइबर प्रयोगको दुरुपयोग हुँदै गएको छ । फेसबुक, भाइबर, इमो, युट्युब र ट्वीटर र इन्सटाग्राम अहिलेका चलनचल्तीका आममाध्यम बनिसकेका छन् । तसर्थ अव यी माध्यमको प्रयोग गर्नेहरू आफै सचेत बन्नुपर्ने आवश्यकता छ ।
होइन भने आजको लापरवाहीले भोलिको भविष्यमाथि कालो धब्बा लाग्ने दिन आउन सक्छ । त्यसैले सचेत बनौं । यस प्रकारका घटना रोक्न भोलिको दिनमा के गर्ने ? सरकार र सम्बद्ध निकायले सोच्नैपर्दछ ।