Butwal Today

चिनियाँ प्रथम महिला पेङ लियुआनको चिनियाँ शैलीको पहिरन चर्चामा

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको अमेरिकी राजकीय भ्रमणका क्रममा प्रथम महिला पेङ लियुआनको पहिरन पनि चर्चामा आएको छ। चिनियाँ ‘फेसन सफ्ट पावर’को प्रतीकका रूपमा हेरिँदै आएकी लियुआनले यस भ्रमणमा पनि पश्चिमा लक्जरी ब्रान्डभन्दा आधुनिक चिनियाँ शैली झल्किने पहिरनलाई प्राथमिकता दिएकी छन्।

बुधबार मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्र्युजमा ओर्लिँदा उनी कम्मरमा मिल्नेगरी सिलाइएको खरानी रङको पोसाक, चिनियाँ शैलीको कलर, लामो स्कर्टमा छिपाओजस्ता साना चिरा र फिक्का गुलाबी स्कार्फमा देखिइन्। छिपाओ चीनको परम्परागत महिला पोसाक हो, जसलाई चोङ्साम पनि भनिन्छ। लियुआनले यसअघि पनि औपचारिक अवसरमा आधुनिक चिनियाँ डिजाइन, स्कार्फ र आकर्षक रङका कोटमार्फत आफ्नो पहिरन शैली प्रस्तुत गर्दै आएकी छन्।

जोइन्ट बेस एन्ड्र्युजमा सी दम्पतीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिए। विमानबाट ओर्लँदै गर्दा सी र लियुआनले हात हल्लाएको तस्बिर समाचार एजेन्सी एपीले सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?