Butwal Today

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार भट्टराईले २०६८ सालमा राहदानी ऐनविपरीत कसुर गरेको फेला परेपछि उनीविरुद्ध २०८२ साल चैतमा मुद्दा दर्ता गरिएको थियो ।

पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?