Butwal Today

सामुदायिक वनको ओडारमा लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

सल्यान ।

सल्यानमा सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका पाँच नाल भरुवा बन्दुक बरामद भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं, ७ स्थित गोटीखोला सामुदायिक वनको ओडारमा लुकाएर राखिएका बन्दुक जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

सोमबार दिउँसो करिब १२ः४५ बजे उक्त स्थानमा भरुवा बन्दुक लुकाइराखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो । सोही क्रममा ओडारमा लुकाइछिपाइ राखिएका पाँच नाल एकनाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।

बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?