Butwal Today

त्रिविको स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा ७ केन्द्रमा स्थगित

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तह प्रथम सेमेस्टरको परीक्षा ७ वटा परीक्षा केन्द्रमा स्थगित गरिएको छ ।

डिनको कार्यालयले जारी गरेको सूचनाअनुसार १८ साउनका लागि तय गरिएको परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।

कार्यालयका अनुसार ११ साउनदेखि देशभरका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षाका क्रममा पछिल्ला दिनमा केही स्थानमा उत्पन्न असहज परिस्थितिका कारण उक्त निर्णय गरिएको हो ।

स्थगित गरिएका परीक्षा केन्द्रमा सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस र नेसनल पिपुल कलेज, सिरहाको रामप्रताप रामप्रसाद तामाङ बहुमुखी क्याम्पस र जेएस मुरारका क्याम्पस, धनुषाको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, पर्साको ठाकुरराम बहुमुखी क्याम्पस तथा रौतहटको जनज्योति बहुमुखी क्याम्पस रहेका छन् ।

डिनको कार्यालयले अन्य सबै परीक्षा केन्द्रमा भने परीक्षा पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै सञ्चालन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?