Butwal Today

नेपाल शिक्षक महासङ्घद्वारा आन्दोलनको घोषणा

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेपाल शिक्षक महासङ्घले आफ्ना मागप्रति सरकार अनुदार बनेको आरोप लगाउँदै आगामी भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

महासङ्घको बैठकपछि निर्णय सार्वजनिक गर्दै अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकका माग सम्बोधन नभएकाले आन्दोलनको कार्यक्रम अघि बढाउने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार आन्दोलनका विस्तृत कार्यक्रम छिट्टै सार्वजनिक गरिनेछ । महासङ्घले सरकारसँग पटक–पटक माग राख्दा पनि अपेक्षित सुनुवाइ नभएको भन्दै आन्दोलनको विकल्प रोज्नुपरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?