© 2026
काठमान्डौँ ।
पाकिस्तानको ब्रड पिक क्षेत्रमा दिवंगत नेपाली पर्वतारोही निर्मल पुर्जा लगायतका आरोहीहरूको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारीमा रहेको छ ।
उद्धार अभियानमा संलग्न ग्राउन्ड टोलीका अनुसार पहिलो चरणमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको शव क्याम्प–१ सम्म ल्याइनेछ । त्यसपछि सोमबार शवहरूलाई जापानी क्याम्पसम्म पुर्याउने योजना रहेको छ ।
ग्राउन्ड टोलीका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा सारिनेछ ।
उद्धार टोलीले दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने तयारी भइरहेको जनाएको छ ।
गत बिहीबार (साउन १४) पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा मध्याह्नतिर हिमपहिरो जाँदा पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए । तीमध्ये ६ जना नेपाली पर्वतारोही थिए । टोलीका नेता रहेका निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार भएको थियो ।