Butwal Today

डेनिस हेल्थ क्लिनिक: आधुनिक प्रविधि र विशेषज्ञ सेवा एकै थलोमा

२८ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

बुटवल ।  पछिल्लो समय मानिसहरूको व्यस्त जीवनशैली, अस्वस्थ खानपान र बढ्दो वातावरणीय प्रदूषणका कारण विभिन्न किसिमका जटिल स्वास्थ्य समस्याहरू समाजमा तीव्र रूपमा देखा परिरहेका छन् ।

सामान्य पेट दुखाइदेखि लिएर मुटु, नशा तथा हाड जोर्नी जस्ता गम्भीर रोगहरूको प्रकोपले धेरै नागरिकलाई सताइरहेको छ । यस्तो परिस्थितिमा सही समयमा रोगको पहिचान हुनु र योग्य विशेषज्ञ चिकित्सकको परामर्श पाउनु नै बिरामीका लागि सबैभन्दा ठुलो राहतको विषय बन्दछ ।

यही मानवीय आवश्यकतालाई आत्मसात् गर्दै रुपन्देहीको मुटु मानिने बुटवलको हस्पिटल लाइनमा सञ्चालित डेनिस हेल्थ क्लिनिक प्रा. लि. यति बेला यस क्षेत्रकै नागरिकका लागि भरपर्दो, सुरक्षित र गुणस्तरीय स्वास्थ्य उपचारको बलियो केन्द्र बन्दै गएको छ ।

विगत लामो समयदेखि सर्वसुलभ र प्रविधिमैत्री स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस क्लिनिकले एउटै छानामुनि विभिन्न जटिल रोगका विशेषज्ञ डाक्टरहरूद्वारा परामर्श र आधुनिक उपकरणहरूबाट स्तरीय परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ ।

कुनै पनि रोगको सही निदानका लागि आधुनिक उपकरण र भरपर्दो प्रयोगशालाको सबैभन्दा ठुलो भूमिका हुन्छ । डेनिस हेल्थ क्लिनिकले यसै यथार्थलाई मनन गर्दै बिरामीहरूलाई रिपोर्टकै लागि अन्यत्र भौँतारिनु नपर्ने वातावरण मिलाएको छ ।

क्लिनिकमा रगत, पिसाब लगायतका सम्पूर्ण जटिल परीक्षणहरू उच्च प्रविधियुक्त अत्याधुनिक प्रयोगशालाबाट गरिन्छ । शरीरको भित्री गडबडी स्पष्ट रूपमा पत्ता लगाउन यहाँ डिजिटल एक्स–रे र भिडियो एक्स–रेको अत्याधुनिक प्रविधि जडान गरिएको छ ।

यसका साथै टाउको, छाती वा पेटको गम्भीर समस्याहरू तत्काल पहिचान गर्न सिटी स्क्यानको सुविधा समेत उपलब्ध छ । पेट, अन्ननली र आमाशयभित्रको अवस्था मिहिन ढंगले नियाल्न र अल्सर जस्ता रोग पत्ता लगाउन यहाँको इन्डोस्कोपी सेवा निकै प्रभावकारी बनेको छ ।

मुटुको कार्यक्षमता र चाल मापनका लागि आधुनिक कार्डियाक उपकरणहरू सहित इको र इसिजी सेवा निरन्तर सञ्चालनमा छन् । नाक, कान तथा घाँटीका बिरामीका लागि सुन्ने क्षमता जाँच गर्ने र भित्री अंगको विशेष परीक्षण गर्ने एनपिएल र पिटिए जस्ता अत्याधुनिक प्रविधिले बिरामीलाई ठुलो राहत दिएको छ ।

यसका साथै क्लिनिकले बिरामीको आर्थिक भारलाई कम गर्ने उद्देश्यले एउटै परिसरभित्र सुपथ मूल्यमा औषधि पसलको समेत व्यवस्था गरेको छ, जहाँ चिकित्सकले सिफारिस गरेका गुणस्तरीय औषधिहरू सहजै प्राप्त गर्न सकिन्छ ।

डेनिस हेल्थ क्लिनिकमा दैनिक रूपमा विभिन्न विधाका अनुभवी र वरिष्ठ विशेषज्ञ डाक्टरहरूले बिरामीहरूको स्वास्थ्य जाँच गर्ने गर्दछन् । विशेषगरी नाक, कान तथा घाँटी रोग अन्तर्गत पिनास, कान पाक्ने, सुनाइमा कमजोरी र घाँटीको इन्फेक्सन भएका बिरामीहरू यहाँबाट लाभान्वित भएका छन् ।

मुटु रोग, उच्च रक्तचाप, मुटुको धड्कन गडबडी र छाती दुख्ने समस्या भएकाहरूका लागि पनि यो क्लिनिक भरपर्दो गन्तव्य बनेको छ । बाथ रोग, ढाड–कमर दुख्ने, नशा च्यापिने र जोर्नीहरू खिइने जस्ता नशा तथा हाड जोर्नी जन्य पीडा भोगिरहेका बिरामीहरूले यहाँ विशेषज्ञ सेवा पाइरहेका छन् ।

महिलाहरूको पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, तल्लो पेट दुख्ने र गर्भावस्थाको परामर्शका लागि स्त्री तथा प्रसूति रोग सेवा प्रभावकारी रूपमा सञ्चालित छ । छालाको डन्डिफोर, एलर्जी, दाग–धब्बा तथा मुखभित्रका विभिन्न समस्याहरूको पनि यहाँ विशेषज्ञ डाक्टरद्वारा सूक्ष्म निदान गरिन्छ ।

यसबाहेक आजको आम समस्या मानिने पेट दुखाइ, ग्यास, छाती पोल्ने जलन, अल्सर, कलेजो सम्बन्धी जटिलता, मधुमेह र रक्तचाप जस्ता समस्याहरूको पनि वरिष्ठ फिजिसियनहरूद्वारा सफलतापूर्वक उपचार भइरहेको छ ।

गुणस्तरीय सेवा र व्यवस्थापनलाई चुस्त राख्दै क्लिनिकलाई यो उचाइमा पु¥याउन अहोरात्र खटिएका डेनिस हेल्थ क्लिनिक प्रा. लि. का प्रबन्ध निर्देशक वसन्त जिसी स्वास्थ्य सेवालाई व्यवसाय मात्र नभई मानवीय धर्मको रूपमा लिनुपर्ने धारणा राख्छन् ।

क्लिनिकको उद्देश्य र भावी योजनाका बारेमा बोल्दै प्रबन्ध निर्देशक जिसीले बुटवल र यस वरपरका क्षेत्रका नागरिकलाई उपचारका लागि काठमाडौँ वा विदेश धाउनु नपरोस् भन्ने सोचका साथ हस्पिटल लाइनमा यो सेवा विस्तार गरिएको प्रष्ट पारे ।

उनले एउटै छानामुनि विशेषज्ञ डाक्टरको परामर्शसँगै अत्याधुनिक सिटी स्क्यान, इन्डोस्कोपी, भिडियो एक्स–रे र इसिजी जस्ता सुविधाहरू उपलब्ध गराउन पाउनु क्लिनिक परिवारका लागि गौरवको विषय भएको बताए । उनका अनुसार क्लिनिकको मुख्य जोड नै प्रविधिको सही प्रयोग र बिरामीको ओठमा मुस्कान ल्याउनु हो ।

औषधी र परीक्षण शुल्कका बारेमा स्पष्ट पार्दै प्रबन्ध निर्देशक जिसीले धेरैजसो मानिसहरू उपचार महँगो हुने डरले रोग लुकाएर बस्ने गरेको तीतो यथार्थ सुनाए । उनले डेनिस हेल्थ क्लिनिकमा गुणस्तरमा कुनै सम्झौता नगरी बजारको तुलनामा अत्यन्तै सुपथ र किफायती मूल्यमा औषधि तथा प्रयोगशाला सेवा उपलब्ध गराइरहेको दाबी गरे ।

यदि कसैलाई पनि नाक, कान, घाँटी, मुटु, नशा, हाड जोर्नी, पेट वा स्त्री रोग सम्बन्धी कुनै पनि समस्या छ भने एक पटक ढुक्क भएर क्लिनिकमा आउन उहाँले आग्रह गरे । बिरामीहरूलाई सही परामर्श र भरपर्दो उपचार दिन क्लिनिकको सम्पूर्ण टिम सधैँ तत्पर रहेको उनको भनाइ छ ।

स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठुलो धन हो र रोग लागेर थलिनु भन्दा रोगको सुरुवाती अवस्थामै पहिचान गरी उपचार गर्नु बुद्धिमानी हुन्छ । बुटवलको हस्पिटल लाइनमा रहेको डेनिस हेल्थ क्लिनिक प्रा. लि. ले दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र सेवामुखी भावनाका कारण छोटो समयमै बुटवलवासी र समग्र पश्चिम नेपालकै मन जित्न सफल भएको छ ।

विशेषज्ञ डाक्टरहरूको प्रत्यक्ष निगरानीमा भरपर्दो रिपोर्ट र सस्तो दरमा औषधि पाइने हुनाले यो क्लिनिक एक उदाहरणीय स्वास्थ्य संस्थाको रूपमा स्थापित हुँदै गइरहेको छ । यदि तपाईँ वा तपाईँको परिवारमा कुनै पनि स्वास्थ्य समस्या छ भने सही उपचार र परामर्शका लागि डेनिस हेल्थ क्लिनिक एक उत्तम विकल्प साबित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?