Butwal Today

क्षितिज इन्टरनेशनल कलेज: व्यवस्थापन शिक्षामा बुटवलको ‘ब्रान्ड’

१७ बैशाख २०८३, बिहीबार
अ+
अ-

बुटवल ।  पश्चिम नेपालको प्रमुख शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको रुपन्देही जिल्लाको बुटवल सहरमा अवस्थित क्षितिज इन्टरनेशनल कलेजले व्यवस्थापन शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ ।

गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थी–केन्द्रित दृष्टिकोणलाई आधार बनाएर अघि बढिरहेको यस कलेजले पछिल्ला वर्षहरूमा उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गर्दै क्षेत्रीय मात्र होइन, राष्ट्रिय स्तरमै आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

बुटवलको कालिकानगरमा रहेको क्षितिज इन्टरनेशनल कलेज पोखरा विश्वविद्यालयसँग आबद्ध छ । यो कलेजले सन् २००९ देखि व्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन       (बिबिए ) कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसै गरी, सन् २०१३ देखि (बिबिए , विआई ) कार्यक्रम थप गरी व्यवस्थापन शिक्षामा प्रविधि र नवप्रवर्तनलाई समेत समेट्ने प्रयास गरिएको छ । यी कार्यक्रमहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमा सीमित नराखी वास्तविक व्यावसायिक परिवेशसँग परिचित गराउँदै उनीहरूको विश्लेषणात्मक क्षमता, निर्णय क्षमता र नेतृत्व विकास अभिवृद्धि गर्दै विद्यार्थीलाई व्यवहारिकतामा ढाल्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

आधुनिक व्यवस्थापनसँगै शिक्षाको केन्द्रतर्फ उन्मुख
विश्वव्यापी अभ्यासअनुसार व्यवस्थापन शिक्षा अब पाठ्यपुस्तकमा मात्रै सीमित विषय नभई व्यवहारिक, अनुसन्धानमुखी र नवप्रवर्तनमा आधारित बन्न थालेको छ ।

यही सन्दर्भमा क्षितिज इन्टरनेशनल कलेजले शिक्षण पद्धतिमा परिवर्तन ल्याउँदै केस स्टडी, परियोजना कार्य, समूह छलफल, संवाद प्रस्तुतीकरण, औद्योगिक भ्रमण र अतिथि व्याख्यान जस्ता विधिहरूलाई प्राथमिकतामा राखेको छ । यसले विद्यार्थीहरूलाई वास्तविक कार्यस्थलमा देखा पर्ने चुनौतीहरूसँग जुध्न तयार बनाउँछ ।

एमबिए कार्यक्रमसँगै उच्च शिक्षामा विस्तार
शैक्षिक विकासको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा कलेजले सन् २०२४ देखि मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबिए) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

उच्चस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमका लागि कलेजले अत्याधुनिक पूर्वाधारसहित छुट्टै शैक्षिक ब्लक निर्माण गरेको छ । यसले स्नातक तहपछि उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि देशमै उत्कृष्ट विकल्प उपलब्ध गराएको छ ।

यस कलेजले १७ वर्षको शैक्षिक यात्रामा उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको छ । २००९ देखि २०१३ सम्म ४ वर्षे बिबिए, बिबिए–विआई वित्त कार्यक्रम सञ्चालन गरिसकेको छ । हालसम्म १२ वटा शैक्षिक साइकल सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

उत्कृष्ट नतिजा र शैक्षिक विश्वसनीयता
क्षितिज इन्टरनेशनल कलेजले सुरुदेखि नै गुणस्तरीय शिक्षालाई आफ्नो मूल मन्त्र बनाएको छ । पोखरा विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने (बिबिए) कार्यक्रमको परीक्षामा कलेजले पटक–पटक बोर्ड टपर उत्पादन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ ।

निरन्तर उत्कृष्ट नतिजा, अनुशासित शैक्षिक वातावरण र अनुभवी प्राध्यापकहरूको योगदानले कलेजलाई विद्यार्थी र अभिभावकबिच विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको छ ।

रोजगारमुखी शिक्षा र बढ्दो अवसर
देशभर बैङ्क, वित्तीय संस्था, बिमा कम्पनी, उद्योग तथा व्यापारिक प्रतिष्ठानहरू विस्तार भइरहेका छन् । यो समयमा वित्त क्षेत्रमा दक्ष व्यवस्थापन जनशक्तिको माग उल्लेखनीय रूपमा बढाएको छ । विगतमा काठमाडौँबाट जनशक्ति ल्याउने प्रवृत्ति रहे पनि पछिल्लो समय स्थानीय स्तरमै उत्पादित स्नातकहरू रोजगारीमा स्थापित हुन थालेका छन् ।

क्षितिज इन्टरनेशनल कलेजले प्रदान गर्दै आएको व्यावहारिक र रोजगारमुखी शिक्षाले विद्यार्थीहरूलाई यस प्रतिस्पर्धात्मक बजारमा सफल हुन सक्षम बनाइरहेको छ ।

कलेजको पूर्वाधार र अध्ययनमैत्री वातावरण
कलेजमा विद्यार्थीहरूको समग्र विकासलाई ध्यानमा राख्दै आधुनिक पूर्वाधार उपलब्ध गराइएको छ । सुविधा सम्पन्न कक्षाकोठा, अत्याधुनिक कम्प्युटर ल्याब, उच्च गति इन्टरनेट, समृद्ध पुस्तकालय तथा अध्ययनमैत्री वातावरण कलेजका प्रमुख विशेषता हुन् ।

साथै, खेलकुद, अतिरिक्त क्रियाकलाप तथा सह–पाठ्यक्रम गतिविधिहरूलाई पनि प्राथमिकता दिइएको छ, जसले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउँछ ।

विद्यार्थी–केन्द्रित शिक्षण र व्यक्तित्व विकास
कलेजले शिक्षण प्रक्रियालाई विद्यार्थी–केन्द्रित बनाउँदै उनीहरूको सक्रिय सहभागितामा जोड दिएको छ । विभिन्न सेमिनार, कार्यशाला, प्रतियोगिता, औद्योगिक भ्रमण तथा अतिथि व्याख्यानमार्फत विद्यार्थीहरूको नेतृत्व क्षमता, सञ्चार सीप, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्व विकासमा विशेष ध्यान दिइएको छ । यसले विद्यार्थीहरूलाई केवल शैक्षिक रूपमा मात्र होइन, समग्र व्यक्तित्व विकासमा पनि सक्षम बनाउँछ ।

उक्त कलेजमा हाल करिब ६ सय विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ६० जना पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् भने १५० भन्दा बढी विद्यार्थी आंशिक छात्रवृत्तिबाट लाभान्वित भएका छन् । शैक्षिक नतिजामा समेत निरन्तर उत्कृष्टता हासिल गर्दै आएको यस विद्यालय देशकै अब्बल गुणस्तरीय शैक्षिक केन्द्रहरूमध्ये एकका रूपमा परिचित बन्दै गएको छ ।

दीर्घकालीन योजना र अन्तर्राष्ट्रिय दृष्टि
क्षितिज इन्टरनेशनल कलेजले भविष्यमा व्यवस्थापन शिक्षालाई अझ विस्तार र सुदृढ बनाउने लक्ष्य लिएको छ । कलेजले (विसिआईएस, विएचएम) लगायतका नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

साथै, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थाहरूसँग सहकार्य विस्तार गर्दै विश्वस्तरीय शिक्षा प्रदान गर्ने रणनीति अघि सारेको छ । अनुसन्धान, नवप्रवर्तन तथा व्यावसायिक सीप विकासलाई प्राथमिकतामा राख्दै कलेजले आफूलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टि राखेको छ ।

गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ, आधुनिक पूर्वाधार, उत्कृष्ट शैक्षिक उपलब्धि र स्पष्ट भविष्य दृष्टिका आधारमा क्षितिज इन्टरनेशनल कलेज रुपन्देही–बुटवल क्षेत्रको मात्र नभई नेपालको व्यवस्थापन शिक्षामा उदीयमान र विश्वासिलो संस्थाका रूपमा स्थापित हुँदै गएको छ । बदलिँदो समय र बजारको मागअनुसार आफूलाई रूपान्तरण गर्दै अघि बढिरहेको यो कलेजले आगामी दिनमा अझ व्यापक प्रभाव पार्नेछ ।

कलेजका प्राचार्य डा. सूर्य राना भन्छन्, “हाम्रो मुख्य उद्देश्य विद्यार्थीलाई केवल डिग्री दिलाउनु मात्र होइन, उनीहरूलाई वैश्विक बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र व्यवहारिक नेतृत्वको रूपमा तयार गर्नु हो ।” क्षितिज इन्टरनेशनल कलेजले सधैँ गुणस्तरीय पूर्वाधार र अनुसन्धानमुखी शिक्षालाई प्राथमिकता दिँदै आएको बताउँदै उनले भविष्यमा अझै नवीन कार्यक्रमहरू ल्याएर यस क्षेत्रकै उत्कृष्ट शैक्षिक केन्द्र बन्ने लक्ष्य रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?