Butwal Today

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

५ बैशाख २०८३, शनिबार
अ+
अ-

काठमाडौँ ।  नेपाली कांग्रेस को आधिकारिकता विवादमा सर्वोच्च अदालत ले विशेष महाधिवेशन पक्षमा फैसला गरेको छ ।

सर्वोच्च अदालतले आज अन्तिम सुनुवाइ गर्दै गगन थापा नेतृत्वकै कांग्रेसलाई सदर गरेको हो ।

यसअघि निर्वाचन आयोग ले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसको केन्द्रीय समिति अध्यावधिक गर्ने निर्णय गरेको थियो । सर्वोच्चले सोही निर्णयलाई सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन विधानविपरीत रहेको दाबी गर्दै अदालतमा रिट दर्ता गरेको थियो । देउवा समूहको तर्फबाट पूर्णबहादुर खड्का ले रिट दायर गरेका थिए । उक्त रिट अदालतले खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?