© 2026
बुटवल । सरकारले सरकारी विज्ञापनमाथि प्रतिबन्ध लगाएपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरु आन्दोलनमा छन्। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन र प्रशारण गर्ने परिपत्र गरेपछि विज्ञापनमाथि सिन्डिकेट लगाएको र निजी क्षेत्रका सञ्चारमाध्यमहरुको आम्दानीको स्रोत बन्द गराएर मिडियाको आवाज कमजोर बनाउन खोजेको भन्दै सञ्चार क्षेत्रले आन्दोलनका कार्यक्रम गर्दै आएको हो।
जसअनुसार सोमबार प्रकाशित पत्रपत्रिकाहरूले पहिलो पृष्ठमा समाचार प्रकाशित नगरी प्रश्न वाचक चिह्न छापेका छन्। राष्ट्रिय दैनिकहरु बुटवल टुडे, दैनिक पत्र, लुम्बिनी, सुदूर सन्देश, मिशन टुडे, काँक्रेविहार, ब्लास्ट टाइम्स, नेपाल समाचारपत्र, कारोबार, राजधानी, आर्थिक अभियान, सौर्य, मध्यान्ह, प्रभाव, प्रक्षेपणलगायतले प्रश्न वाचक चिह्न छापेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १८ गते सूचना प्रकाशित गर्दै निजी सञ्चारमाध्यममा सार्वजनिक निकायका सूचना नछाप्ने निर्देशन दिएको थियो। उक्त निर्णय विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ।
सार्वजनिक निकायका सार्वजनिक खरिदलगायत सूचनाहरू सरकारी सञ्चारमाध्यम मात्र प्रकाशित प्रसारित गर्ने सरकारको निर्णय विरुद्ध समाचार प्रकाशित हुने स्थानमा प्रश्न वाचक चिह्न प्रकाशन गरेको प्रकाशकहरूले बताएका छन्.
मिडिया एलायन्स र मिडिया सोसाइटीसँगको परामर्शमा पत्रपत्रिकाले प्रश्न वाचक चिह्न छापेको मिडिया सोसाइटीका सचिव तथा बुटवल टुडेका प्रबन्ध सम्पादक नवराज कुँवर बताउँछन्। ‘संवैधानिक र कानूनी अधिकार खोस्ने सरकारको निर्णयलाई हामी प्रश्न गरेका हौं’-उनले भने।
पत्रपत्रिकाले गरेको आन्दोलनमा आफूहरूको समर्थन रहेको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् । सरकारको निर्णय संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको उनको भनाइ छ ।
सञ्चार माध्यमले गरेका १० प्रश्न यस्ता छन् :