© 2026
काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताहरूले जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । पार्टी अध्यक्ष केपी ओलीको पक्राउको विरोधमा उनीहरूले शनिबार च्यासलस्थित पार्टी कार्यालय बाहिर प्रतिवेदन जलाएका हुन् ।
उनीहरूले वर्तमान सरकारले प्रतिशोध साध्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यस्तै, शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँको भृकुटीमण्डपमा पनि विरोध प्रदर्शन गरेको छ ।
अध्यक्ष ओलीको रिहाइको माग गर्दै उनीहरूले टायर बाल्दै प्रदर्शन गरेका हुन् । उनीहरूले जाँचबुझ आयोगको प्रतिवेदन पनि जलाएका छन् । राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ ।