Butwal Today

दोषीलाई लुकाएर गरिने कारबाहीले सुशासन ल्याउँदैन : नेता महर

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई संरक्षण गर्दै एकपक्षीय रूपमा गरिने कारबाहीले सुशासन स्थापना हुन नसक्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महरले राज्य कानुनविपरीत अघि बढे प्रतिशोधको राजनीति हाबी हुने चेतावनी दिएका हुन् ।

“दोषीलाई लुकाएर एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन,” उनले फेसबुकमा लेखेका छन्, “जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन् । राज्यले कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने मात्रै हो—चेतना भया ।”

उनले अपराधको प्रकृति र गम्भीरताअनुसार प्रचलित कानुनबमोजिम निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन् ।

साथै, भाद्र २३ र २४ गते भएका घटनाहरूमा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस मच्चाउने तत्त्वहरूको निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?