Butwal Today

केपी ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमान्डौ ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।

शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।

उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?