Butwal Today

सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल

१३ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिभा रावल नियुक्त भएकी छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन । रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

रास्वपाबाट समानुपातिक प्रणालीमा महिला ‘क्लस्टर’ बाट उनी सांसद निर्वाचित भएकी हुन् ।

रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माताका रूपमा काम गरेकी थिइन । उक्त टेलिभिजनमा रवि लामिछानेको समूहमा काम गरेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि राजनीतिमा आबद्ध छिन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिएकी रावलले स्नातक तहसम्म अध्ययन गरेकी छन् । एक दशकभन्दा बढी समय पत्रकारिताको अनुभव बटुलेकी रावलले लामिछानेको निजी सचिवालयमा समेत जिम्मेवारी सम्हालेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?