© 2026
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुने तयारी छ। राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२:३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो।