Butwal Today

दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा

२५ फाल्गुन २०८२, सोमबार
अ+
अ-

दोलखा ।  दोलखामा समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो स्थान हासिल गरेको छ । आज सम्पन्न मतगणनामा रास्वपाले ३५ हजार ८८३ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो भने दोस्रो स्थान नेकपा (एमाले) ले प्राप्त गरेको छ ।

एमाले पार्टीले १५ हजार ८०२ मत प्राप्त गरेर दोस्रो दल हुन सफल भएको हो । त्यसै गरी, नेपाली काँग्रेसले दोलखामा समानुपातिकतर्फ तेस्रो स्थान हासिल गरेको छ । काँग्रेस पार्टीले ११ हजार ५५५ मत प्राप्त गरी तेस्रो दल बनेको हो । चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टी (तारा) चिह्न १० हजार २७८ मत प्राप्त गरि चौथो भएको हो ।

त्यस्तै, अन्य साना दलहरू राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी चिह्न) ले चार हजार १५२ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो चिह्न) ले एक हजार ४९८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार जगदीश खरेल ३२ हजार ३७६ मत  ल्याएर निर्वाचित  भएका छन् । दोस्रो बनेका नेकपा (एमाले) का पार्वत गुरुङले १७ हजार ४४९ मत पाए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?