Butwal Today

अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा पहिलो

२५ फाल्गुन २०८२, सोमबार
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ ।

रास्वपाले प्रत्यक्ष भन्दा ४ हजार बढी बढी मत अर्थात ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्ष तर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो ।

दोस्रोमा नेकपा एमालेले २० हजार ४ सय ५१, नेपाली कांग्रेसले १७ हजार ६ सय ५१, नेपाली कम्युनिष्ट पाटीले ३ हजार ९ सय ७७, राष्ट्रिय जनमोर्चाले २३ सय ८८ र राप्रपाले ७ सय २५ मत प्राप्त गरेको मुख्य निर्बाच्न अधिकृत शिवलाल पाण्डेले बताए ।

जिल्लामा १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेकोमा समानुपतिक तर्फ ८८ हजार ७ सय ३३ मत प्राप्त भएको थियो । जसमा २५ सय ७८ म तबदर भएका छन् । ८६ हजार १ सय ५५ मत सदर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?