Butwal Today

दोलखामा रास्वपाका खरेल विजयी

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

दोलखा ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेल निर्वाचित भएका छन् । उनले ३२ हजार ३७६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेकपा (एमाले) का पार्वत गुरुङले १७ हजार ४४९ प्राप्त गरेका थिए । साथै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ र नेपाली काँग्रेसका अजय बाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?