Butwal Today

कैलाली- २ मा रास्वपाका खनाल विजयी

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत इन्द्रप्रसाद श्रेष्ठका अनुसार खनालले १९ हजार ५७ सय मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका पतीराम चौधरी ले ११ हजार ९४९ मत प्राप्त गरे । साथै नेकपा (एमाले) का सूर्यबहादुर थापाले सात हजार ८८६, नेपाली कांग्रेसका विजयबहादुर स्वारले सात हजार २१३ र नेपाल कम्युनिष्ट पार्टीका नन्दबहादुर साउँदले चार हजार ३६९ मत प्राप्त गरे ।

उक्त क्षेत्रमा कुल एक लाख सात हजार ७५७ मतदाता रहेकामा ५६ हजार ७७० जनाले मतदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?