© 2026
महेन्द्रनगर (धनुषा) । धनुषा निर्वाचन क्षेत्र नम्बर—२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामविनोद यादव निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गर्दा नेकपा (एमाले) का उमाशङ्कर अरगरियाले १० हजार १५३ मत प्राप्त गरे ।
यसै गरी नेपाल कम्युनिस्ट पार्टीका रामचन्द्र झाले आठ हजार ४०३, जनता समाजवादी पार्टी (जसपा) का पशुपति यादवले तीन हजार ८३० मत प्राप्त गरे ।