Butwal Today

जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौ-गत भदौमा भएको जेनजी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शुसीला कार्कीलाई बुझाएको छ।

आयोगका पदाधिकारीहरूले सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन्।

गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको आयोगलाई मन्त्रिपरिषद्ले सुरुमा तीन महिना समय दिएको थियो। तर त्यसपछि तीन पटक गरेर ७५ दिन थप भएको थियो।

अन्तिम पटक थपिएको म्याद सकिन एक दिन बाँकी हुँदा आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी सदस्य छन्।

आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?