Butwal Today

प्रतिनिधिसभा सदस्य निर्वाचन:  रास्वपाका ९१ उम्मेदवार विजयी

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९१ क्षेत्रमा विजयी भएको छ । आज बिहान ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म ११७ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली काँग्रेसले १३ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट  हालसम्म चार उम्मेदवार विजयी भएका छन् भने तीन स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ ।

आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख तीन हजार १७५, नेपाली काँग्रेसले तीन लाख ३० हजार ७२८, नेकपा (एमाले) ले दुई लाख ६३ हजार ५८२ र नेपाली कम्युनिस्ट पार्टीले एक लाख १५ हजार १९१ मत प्राप्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?