Butwal Today

पाल्पा–२ रास्वपाका थापा विजयी

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

तानसेन (पाल्पा) । पाल्पा  २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उनले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।

त्यस्तै, नेकपा (एमाले) का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए ।

यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?