Butwal Today

ललितपुर–१ रास्वपाका महर्जन विजयी

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-

पाटन (ललितपुर) ।  ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन् ।

निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिस्ट्रार इसा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली काँग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल  गरेका हुन ।

प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन् ।

यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ ।

यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बनेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?