Butwal Today

रूपन्देही–२ मा सुलभ खरेलको बलियो अग्रता, विष्णु पौडेल ४ गुणाभन्दा बढी मतान्तरले पछाडि

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।

रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले नेकपा एमालेका विष्णु पौडेलसँग चार गुणाभन्दा बढीको फराकिलो मतान्तर कायम गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार खरेलले ४०७४ मत प्राप्त गर्दा नेकपा एमालेका विष्णु पौडेलले जम्मा ८४५ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ५०४ मत प्राप्त गरेका छन् ।

यो नतिजा तिलोत्तमा नगरपालिका वडा नम्बर १ र बुटवल उपमहानगरपालिका वडा नम्बर १ को हो । अहिले सैनामैना नगरपालिका वडा नम्बर १ को मतगणना हुँदैछ ।

रूपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडा पर्छन् ।

यस क्षेत्रमा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे, जनता समाजवादी पार्टी (जसपा) का दीपक गुरुङ, जनमत पार्टीका रमेश लोध लगायत विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवार गरी ३९ जना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?