बुटवल । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रूपमा मतदान सुरु भयो, सबैतिर निर्बाध ढङ्गले मतदान सुरु भएको खबर आइसकेको छ ।’