Butwal Today

कपिलवस्तुमा एकै पटक ३ स्थानमा शङ्कास्पद वस्तु फेला

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तु जिल्लामा एकै पटक तीन स्थानमा शङ्कास्पद वस्तु फेला परेका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत बर्गदी पुल नजिकै सानो टिनको बट्टा फेला परेको छ । यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ड्राइनाला नजिकै एक थान हुक बम फेला परेको छ । त्यस्तै बनकसबासा नजिकै तारले प्याक गरिएको पहेँलो रङ्गको अर्को शङ्कास्पद वस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।

यसैबिच गोरुसिङ्गे–वनगाई सडक खण्डको जङ्गल क्षेत्रमा सुक्खा खोलाको छेउमा पनि शङ्कास्पद वस्तु, हुक बम फेला परेको नेपाली सेनाले जनाएको छ । डर, त्रास र भ्रम सिर्जना गर्ने उद्देश्यले राखिएको उक्त हुक बमलाई नेपाली सेनाको शमशेर दलगण गोरुसिङ्गेको प्राविधिक टोलीले निष्क्रिय पारेको छ ।

शङ्कास्पद वस्तु फेला परेपछि केही समयका लागि अवरुद्ध बनेका सडकहरू पुनः सञ्चालनमा आएका छन् । कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार पूर्व–पश्चिम राजमार्ग अहिले पूर्ण रूपमा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?