Butwal Today

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादीहरुद्वारा स्वागत (तस्बिरहरू)

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । झापाबाट काठमाडौँ आएका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् ।

उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा जुटेका हुन् । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् ।

प्रशासनले विमानस्थलमा निषेधाज्ञा जारी गरेको छ। यतिबेला विमानस्थल वरिपरि सुरक्षा कडा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आएका हुन् ।

तस्बिरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?