Butwal Today

काठमाडौं विश्वकै चौथो प्रदूषित सहरको सूचीमा

२९ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राजधानी काठमाडौँको वायु गुणस्तर निकै खराब अवस्थामा पुगेको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै सर्वाधिक प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा परेको छ ।

आईक्यू एयरको तथ्याङ्कअनुसार बिहान १० बजेसम्म काठमाडौँको वायु गुणस्तर ‘अस्वस्थ’ श्रेणीमा रहेको छ । हाल यहाँको एक्यूआई १८८ मापन गरिएको छ । काठमाडौँको हावामा सूक्ष्म कण (पीएम २.५) को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा करिब २१.७ गुणा बढी रहेको जनाइएको छ ।

विश्वकै प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानमा बंगलादेशको राजधानी ढाका रहेको छ भने दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल रहेका छन् । भारतको राजधानी नयाँ दिल्ली काठमाडौँपछि पाँचौँ स्थानमा परेको छ ।

वायु प्रदूषणको उच्च स्तरका कारण सर्वसाधारणलाई बाहिर निस्कँदा सतर्कता अपनाउन तथा आवश्यक परे मास्क प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

सबैभन्दा प्रदूषित १० सहरको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?