Butwal Today

विकासलाई भावनात्मक नारामा सीमित नगरौंः पौडेल

१८ माघ २०८२, आइतबार
अ+
अ-

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासलाई भावनात्मक नारामा सीमित नगर्न आग्रह गरेका छन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले रुपन्देहीको विकासबारे अध्ययन गरी यथार्थ ल्याउन योजनाविदहरुलाई अनुरोध गरे ।

“रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,”–उनले भने ।

पौडेलले आफू जनताको सेवक भएर काम गर्ने स्वभावको भएको उल्लेख गर्दै जनतासँगको सम्बन्धको महत्वलाई बुझेरै राजनीति गरिरहेको बताए । “जनताको सेवक भएर काम गर्नु मेरो स्वभाव हो, रुपन्देहीबासीको सेवाका लागि म सधैँ तयार छु,” उनले भने ।

प्रक्रियामा रहेका विकास योजनाहरू समयमै सम्पन्न गर्ने र आवश्यकताअनुसार नयाँ योजनाहरू सुरु गरिने पौडेलले जानकारी दिए ।