ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

चन्द्रौटा, २४ मङ्सिर । 

कपिलवस्तुको शिवराज नगरपालिका–१ मा रहेको खेत–बारी, माटोको सुगन्ध अनि साधारण जीवन–यापनले भरिएको करहिया गाउँ ।

त्यही परिवेशमा जन्मिए–बढे अक्षय थारु । घरको एक्लो छोरा उनी आजकालका युवाहरूले ‘एनर्जी–फुल डान्सर’ भनेर चिनेका कलाकारको रूपमा परिचित भएका छन्, थारु । उनलाई मञ्चसम्म ल्याउने सुरुवात भने भिन्न छ । अक्षय सानो हुँदा बाख्रा चराउँदै जङ्गलतिर हिँड्ने एक साधारण परिश्रमी बाल्यकालदेखि सङ्घर्षशील छन् ।

उनी भन्छन् “बाख्रा हेर्न जङ्गल जाँदा, मन भने नाचमै हुन्थ्यो ।” यही चाहनाले उनलाई बिस्तारै–बिस्तारै मञ्चतिर तान्दै लग्यो ।

मनमा कला र नृत्यप्रति लगाव
सामान्य घर परिवारको अक्षय आर्थिक अवस्था कमजोर भएका कारण स्नातक तह अध्ययन गर्न सकेनन् ।

घरका ज्येष्ठ सदस्यहरू आफ्नो–आफ्नै जिम्मेवारीमा व्यस्त हुन्थे । यस्तोमा कलालाई प्राथमिकता दिने वातावरण कहाँ थियो र ? “विद्यालय सकिएपछि साथीहरू खेल्थे, म भने बाख्रा लिएर गोठालो हुन्थे”  उनले भने कहिलेकाहीँ त पढाइभन्दा बाख्राको जिम्मेवारी नै भारी लाग्थ्यो उनी सम्झिए ।

२०७२ सालतिरको एउटा दृश्य उनी कहिल्यै भुल्दैन  “बाख्रा जङ्गलमा छोडेर म चुपचाप चन्द्रौटा पुग्थेँ—कुनै मेला होला कि, कोही नाचिरहेको भेटिएला कि भनेर । त्यो मेरो ‘गुप्त यात्रा’ जस्तै थियो ।”

उनले कुनै औपचारिक नृत्य प्रशिक्षण लिएनन् । न त कुनै ठुलो कलाकारसँग भेट–घाट । तर, नाच्न मन थियो–गहिरोसँग । कसैले सिकाइदिएको बाटो थिएन, तर उनको मन भित्रै एउटा ‘ताल’ बस्थ्यो ।

युट्युबका भिडियोहरू उनका गुरु, गाउँका स्टेजहरू उनका कक्षा कक्ष “स्टेप नमिल्दा हाँस्नेहरू धेरै थिए, तर एक पटक ताली बज्यो भने सबै दुःख बिर्सिन्थेँ ” उनको अनुभव सुनाए । घर परिवारको सोच छोरालाई पढाउने रहे पनि उनी नृत्यको क्षेत्रमा अत्यधिक रुचि रहे कारण घरको अवस्थालाई ध्यानमा राख्दै आफ्नो रुचि र सोच अनुसार निरन्तरता दिँदै आएको थारु बताउँछन् ।

एकान्तमा सिकिएको कला

कलाकार बन्ने चाहना सजिलो थिएन । घरमा पैसाको अभाव, भविष्यको चिन्ता, कामको दबाब । एकातिर घरका लागि काम गर्ने दायित्व, अर्कोतिर नाच्ने रहर—यी दुईबिच अक्षय वर्षौँसम्म दोलनमा परिरहे । कहिलेकाहीँ दिनमा मजदुरी, राति अभ्यास ।

कहिले होटलमा सहयोगी, कहिले मेला–महोत्सवमा निःशुल्क प्रस्तुति । त्यो समय चर्को सङ्घर्षले भरिएको थियो । “कहिले–कहिले त थकानले खुट्टा उठ्दैनथ्यो, तर म त्यही थकानसँगै अभ्यास गर्थेँ । कलाकार बन्ने सपना रोकिँदैनथ्यो,” उनले भन्छन् ।

अक्षयले घरको कोठामै काठ मिलाएर बनाएको एउटा सानो ‘डान्स स्पेस’ थियो–उनको संसार । त्यहीँ उनी घण्टौँसम्म केही नचल्यासम्म नाच्थे । स्टेप अपुग लागे फेरि, ताल बिग्रिए फेरि–सम्झने कोही थिएन, तर सुधार्ने उनी आफैँ थिए ।

उनका लागि नृत्य केवल शरीरको चाल होइन—भावनाको मुक्ति थियो । दैनिक जीवनका दुःख, दबाब, चिन्ताबाट भागेर उनी नृत्यमै हराउँथे गर्दथे । स्टेज र आत्मविश्वास यत्तिमै रोकिँदैन । स्थानीय मेला–महोत्सव, सांस्कृतिक पर्व र निजी कार्यक्रम–यी सबै अक्षयका लागि घामको पहिलो किरण जस्तै थिए ।

बिस्तारै उनको प्रस्तुति मन पराउनेहरू बढ्दै गए । युवाहरूले उनलाई ‘नेपाली माइकल जैक्सन’ भनेर जिस्क्याउन थाले, साथीहरूले ‘अक्षय आएन भने स्टेज जम्दैन’ भन्ने वाक्य चलाउन थाले । यसरी उनी साधारण गाउँबाट निक्लेर प्रदेश–प्रदेशका कार्यक्रमसम्म पुगे ।

यसैबिच उनले धेरै सांस्कृतिक समूहसँग काम गरे, प्रशिक्षण दिए र आफू पनि निरन्तर सुधारिँदै गए । अक्षयका लागि सबैभन्दा ठुलो सफलताको क्षण–जब उनका बाबुआमा पहिलो पटक उनी स्टेजमा नाचिरहेको हेर्न आए ।

त्यो दिनको भावनालाई उनी आज पनि शब्दमा विवरण गर्न कठिन ठान्छन् । “पहिले ‘नाचेर के हुन्छ ?’ भन्नेहरू नै अहिले ‘हाम्रो छोरो कलाकार बनेछ’ भन्छन् ।
अहिले अक्षय थारु प्रदेश तथा केन्द्रका चर्चित कार्यक्रम, सांस्कृतिक महोत्सव र प्रतियोगिताहरूमा नियमित हुने कलाकार हुन् ।

सानो ठाउँका युवालाई प्रशिक्षक बनेर मार्गदर्शन गर्ने, नयाँ–नयाँ कोरियोग्राफी निर्माण गर्ने, अनि कला–संस्कृतिलाई प्रदेशमै होइन, राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य उनी बताउँछन् । उनी सानो हुँदा हात बजारमा चाउमिन समेत बेचेको अनुभव सुनाए । यति बेला थारु चन्द्रौटामा जेडिसी डान्स स्टुडियो समेत सञ्चालन गरेर सयौँ विद्यार्थी उत्पादन गर्ने गरेको बताए ।

२९ वर्षीय उनी एक दशक बढी यही क्षेत्रमा सङ्घर्ष गर्दै भन्छन्“सपना ठुलो छ, तर मन अझ ठुलो छ । सङ्घर्ष गर्न मलाई डर लाग्दैन ।” उनको ५ जनाको परिवार उनकै यही कला पेसाले नै धान्दै आएको उनको भनाइ छ । “खाने मुखलाई जुँगाले छेक्दैन” भन्ने उखान जस्तै उनी साबित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?