© २०२३
बुटवल, ५ मंसिर ।
रोटरी क्लब अफ बुटवल चौतारीले शुक्रबार नविन औद्योगिक कद्दरबहादुर रीता माध्यमिक विद्यालयमा “रोटरी विद स्कुल” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमको उदघाटन शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले गरेका थिए भने कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रेमबहादुर बस्नेतकोपनि उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य तथा ध्यान सम्बन्धी उपयोगी सत्रहरू सञ्चालन गरिएका थिए ।
न्यूरोसाइकेट्रिस्ट डा. बिनोद पौडेल (लुम्बिनी प्रादेशिक अस्पताल) र इन्जिनियर माधव पौडेलले मानसिक स्वास्थ्य, ध्यानको विज्ञान र यसको व्यावहारिक अभ्यासबारे प्रेरणादायी सहजीकरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई प्रभावकारी बनाउन आईपीपी नुमेन्द्र पौडेल, संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, रोटरीयनहरु. खगेन्द्र बेलबासे, रामनाथ पाण्डे, कृष्ण कार्की, प्रवेश आचार्य लगायत पूर्व अध्यक्षहरू तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
विद्यालयका ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको उत्साहपूर्ण उपस्थिति र सहभागिताले कार्यक्रमलाई जीवन्त, अन्तरक्रियात्मक तथा अत्यन्तै प्रभावकारी बनाएको क्लबले जनाएको छ ।

