Butwal Today

काठमाडौं उपत्यकामा जथाभावी सवारी रोक्ने र यात्रु चढाउने गरे कारबाही हुने

५ आश्विन २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, ५ असोज ।

काठमाडौं उपत्यकाभित्र अब जथाभावी यात्रु चढाउने र ओराल्ने सार्वजनिक सवारीसाधनलाई कारबाही हुने भएको छ । यातायात व्यवस्था विभागले सवारी साधनलाई तोकिएको स्थानमा मात्र रोकी यात्रु चढाउने र ओराल्ने काम गर्न सूचित गरेको छ ।

जथाभावी सवारी रोकी यात्रु चढाउने र ओराल्ने काम गरेको पाइए कानुन बमोजिम कारबाही गरिने विभागले जानकारी दिएको छ । बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण तथा सडक पूर्वाधार अभावका कारण काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिएको छ ।

यो समस्या समाधान गर्न विभागले तोकिएको स्थानमा मात्र सवारी रोक्न आग्रह गरेको हो । काठमाडौं उपत्यकामा जथाभावी सवारी रोक्ने र यात्रु चढाउने समस्या देखिन्छ भने तोकिएको स्थानमा पनि यात्रु कुर्न अनावश्यक समय रोकिनुपर्ने समस्या सार्वजनिक यातायातमा छ ।

जसका कारण यात्रुले समयमै गन्तव्यमा पुग्न सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?