© २०२३
पाल्पा, ०५ असोज ।
जब आकाशबाट सिमसिम पानी पर्न थाल्छ तब निस्दी गाउँपालिकाको प्रशासकीय केन्द्र मित्यालसँगको सडक सञ्जालको सम्बन्ध टुट्ने गर्दछ ।
यो समस्या निस्दी गाउँपालिकाको ज्यामिरे झिरुवास मित्यालका लागि नयाँ होइन । सदियौँदेखि यस क्षेत्रका जनताले यो सास्ती बेहोर्दै आएका छन् । वर्षा याममा कुनै जटिल समस्या आए मर्नु बाहेक अर्को उपाय नै नभएको स्थानीय बुद्धिमाया सोती बताउँछिन् ।
सङ्घीय सरकारको निर्माण पूर्व सडक सानो र साँघुरो थियो । त्यति बेला सडकमा सवारीको चाप पनि थिएन । जब गाउँपालिकाको केन्द्र बन्यो सडक फराकिलो र सवारीका साधन पनि बढ्यो । त्यससँग सडकमा पानीसँगै माटो बग्ने समस्या थपियो उनले भनिन् ।
सरकारले विगतमा गाउँपालिकाको केन्द्र जोड्ने पहुँच मार्गको काठमाडौँबाटै शिलान्यास गरेको सुनियो । तर यहाँ सडक हेर्दा र देख्दा आफैलाई लाज लाग्दछ । यो सडकले स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय तहका जनप्रतिनिधिहरूलाई समेत बाह्रै महिना गिज्याइ रहेको स्थानीय दल प्रसाद सोती बताउँछन् ।
गाउँ–गाउँमा सिंहदरबार आयो भनियो, नेता पनि छानियो तर बाटो भएन झन् झन् सास्ती हुँदै गयो । मुलुकमा तीन तहका सरकार भनिए पनि सडकको अवस्थाका कारण सरकार भए जस्तो लाग्दैन । करिब ७ किलोमिटर सडकको अवस्था उस्तै छ ।
वर्षादमा पानी सँगै माटो बग्ने र हिउँदमा खाली खुट्टा हिँड्दा पनि चिप्लने डरले आवत जावत गर्न निकै कठिन भएको धेरै भयो तर यहाँका जनप्रतिनिधिहरू सबै बेखवर भएको स्थानीय बताउँछन् ।
गाउँपालिका केन्द्र जोड्ने मात्र होइन यो सडक रामपुर देखि वेलडाँडा, ढुगांना बेसी, मित्याल हुँदै अरूणखोला बाट चितवन नारायणगढ जोडने हो । यो सडकले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलाई व्यापारिक र सांस्कृतिक रूपमा पनि जोडेको छ ।
जब आकाशमा कालो बादल लाग्छ तब सडकको अवस्था पनि खस्कन्छ । यो सवालमा स्थानीय निकायका जनप्रतिनिधिले समेत टाउको लुकाउने अवस्था आएको स्थानीय बताउँछन् । स्थानीय सरकारका प्रमुख मुक्त बहादुर सारू भन्दछन् ।
सङ्घीय सरकारले यस सडकमा बजेट विनियोजन गरी काम अगाडि बढाएको छ । एउटा सरकारले काम गरेको ठाउँमा आर्थिक नियम अनुरूप काम गर्न नमिल्ने हुँदा समस्या आएको उनले बताए ।
सङ्घीय सरकारले प्रस्तावित गरे पनि प्रशस्त बजेट विनियोजन नहुँदा सडक चौडा गर्ने काम मात्र हुँदा जटिलता बढेको उनले भने । २०६० सालमा सडकको स्वरूप तयार भएको थियो ।
स्थानीय सरकारले बेलडाँडा मित्याल अरुण खोलालाई रणनीतिक सडक आयोजनामा राखेर गत वर्ष ३ करोड रुपैयाँ विनियोजन गरेको मध्य बाट ठेक्का मार्फत काम अगाडि बढेको यस वर्ष पनि यस वर्ष पनि पर्याप्त बजेट भएको सडक कार्यालयका सूचना अधिकारी दुर्गा प्रसाद गौतम बताउँछन् ।
कम बजेट भयो त्यसमाथि पनि भौगोलिक बनोट पनि त्यस्तै भएको कारण समस्या भएको उनले बताए । गाउँमा पुग्न मात्र नभई व्यापारिक मार्गका रूपमा समेत उपयोग गर्न सकिने हो । यो सडक १२ महिनामा ९ महिना सास्ती बेहोर्न पर्ने स्थानीय पदम बहादुर सोती बताउँछन् ।
बस्तीलाई सडकले त छोयो तर सास्तीले छोडेन उनले भने । ढुङ्गाना बेसी गाउँबाट माथिको गाउँ गेझा बाट गाउँपालिकाको केन्द्र सम्म पुग्न कठिन हुन्छ । पानी पर्दा माटो बगेर आउने सित पर्दा चिप्लने समस्या हो ।
कति ठाउँमा नाली नहुँदा माटो सहित भेल बग्दा सवारीका साधन ठप्प हुने गरेको स्थानीय बताउँछन् । जरुरी काम अथवा एक्कासि बिरामी हुँदा यहाँ बाट रामपुर अस्पताल सम्म पु¥याउन नसकिने स्थानीयहरू बताउँछन् ।
सडक भए पनि बिरामीलाई डोको वा स्टे«चरमा बोकेर लैजाँदा बिरामीको बाटो मै मृत्यु भएको स्थानीय खेम माया सुनारी बताउँछिन् ।