Butwal Today

अपडेटः जेनजी आन्दोलन चर्किँदा १९ जनाको ज्यान गयो, ३४७ घाइते

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

सोमबार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार सो संख्या पुष्टि भएको हो ।

यस्तै, देशभरका विभिन्न अस्पतालमा हालसम्म ३४७ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मृतकमध्ये काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।