Butwal Today
जेनजी आन्दोलन

मृत्यु सङ्ख्या १४ पुग्दा घाइतेको यकिन विवरण आउन सकेन

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा यो समाचार तयार पार्दासम्म १४ जनाले ज्यान गुमाएका छन् । नयाँबानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका प्रदर्शनकारीमध्ये एक जनाको त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, घाइते भई विभिन्न अस्पताल पुर्‍याइएकामध्ये थप १३ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा भएको छ, जहाँ ६ जनाको ज्यान गएको छ । त्यस्तै, एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १/१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रदर्शनकारीसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् भने उनीहरूको विस्तृत विवरण आउन बाँकी छ ।

घाइतेको चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले बिरामीलाई अन्य अस्पतालमा रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालमार्फत रिफर गरिएको थियो ।

हालसम्म मृतकहरूको परिचय खुलेको छैन । प्रहरी टोलीले विभिन्न अस्पतालमा पुगेर मुचुल्का संकलन कार्य जारी राखेको छ ।