ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

राप्रपाले रुपन्देही–३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय विवादमा

१८ भाद्र २०८२, बुधबार
१८ भाद्र २०८२, बुधबार

काठमाडौं,१८ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय विवादमा परेको छ ।

नवीन कार्ययोजनाको मोडेल अनुसार यसपटक पार्टीले नयाँ अभ्यास गर्न लागेको राप्रपाले जानकारी गराएको थियो । तर, संसदीय समितिले निर्णय गरे लगत्तै पार्टीभित्र विवाद सुरु भएको छ ।

राप्रपाको संसदीय समितिको मंगलबार बसेको बैठकले १७ कात्तिकमा रुपन्देही–३ मा हुने उपनिर्वाचनमा प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको थियो ।

केन्द्रले गरेको निर्णय विरुद्धमा धारणा बनाउनका लागि रुपन्देहीमा बैठक समेत आव्हान गरिएको छ । लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयका अनुसार केन्द्रले पठाएका प्रतिनिधिहरूसँग छलफल भइरहेको उनले जानकारी गराए ।

रुपन्देहीको अवस्था, वस्तुस्थिति, भौगोलिक अवस्थिति, जिल्ला नेता कार्यकर्ताको मानसिकता प्रारम्भिक चुनावबाट उम्मेदवार छान्न नहुने रहेको उदयले जानकारी गराए । पार्टी केन्द्रले निर्णय गरे लगत्तै जिल्ला, क्षेत्र, नगर, पालिका समितिले विरोध गरेको उदयले बताए ।

रुपन्देही-३ ‘ख’ का अध्यक्ष प्रेमबहादुर कुँवरले बुधबार विज्ञप्ति निकालेर प्रारम्भिक मतदान बहिष्कार गर्ने घोषणा गरेका हुन् ।रुपन्देही जिल्ला कमिटी सदस्य ज्ञानेश श्रेष्ठले प्रारम्भिक निर्वाचन प्रणाली पार्टी विधानमा नभएको उल्लेख गर्दै बहिष्कार गर्ने जनाएका छन् ।

उम्मेदवार छनोट प्रक्रिया पहिलेकै पद्धति अनुसार हुनुपर्ने मातहतका पार्टी संरचनाले जोड दिएका छन् । तल्लो तहका नेताहरूको मनोविज्ञानबारे उदयले भने, ‘जिल्ला,वडा, नगर, क्षेत्रका नेता कार्यकर्ताले प्राइमरी चुनाव गरे बहिष्कार गर्ने भनेका छन् । जिल्लाकै सबैले यो अहिले ठिक हुँदैन केन्द्रले मान्नुपर्दछ । केन्द्रले भन्दा यहाँको वस्तुस्थितिथ मैले बढी बस्ने स्थिति बुझेको हुन्छु । मैले भन्दा त्यहाँको अवस्था जिल्लाको राजनीति गर्नेले स्थिति बुझेको हुन्छ । यो अहिले नगरौं भनेपछि गर्नु हुँदैन ।

राप्रपाबाट गौरव बोहरा, प्रज्ज्वल बोहरा, स्वाति थापा, बसन्तविक्रम शाही लगायत ६ जना उम्मदेवारका आकांक्षी छन् ।

आकांक्षी चार जनाले जसलाई उम्मदेवार बनाएपनि एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । गौरव, प्रज्ज्वल र स्वाति यसै क्षेत्रबाट निर्वाचित पूर्व सांसद दीपक बोहराका परिवारका सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?